काठमाडौं - कागतीमा भिटामिन सी को स्रोत हो । यो स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याको लागि कागतीको अनेक तरिकाले प्रयोग गर्ने गरिन्छ ।
आधा कागतीको रसमा दुई चम्चा मह मिलाएर चाट्नाले रुघाखोकी कम हुन्छ ।
कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।
उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा यस्ले शक्ति प्रदान गर्दछ ।
एक कागतीको रसमा तीन चम्चा सक्खर, दुई चम्चा पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा चायाँ रहन्न । साथै कपाल झर्न रोकिन्छ ।
शैम्पु लगाएपछि पछी थोरै पानीमा कागतीको रस मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ ।
विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले मोटापना कम हुन्छ ।
मलेरिया तथा हैजा जस्तो विरामीको लागि कागतीको पानी अत्यन्त फाइदाजनक हुन्छ ।
कागतीमा पिंधेको मरिचको धुलो हालेर पानी पिएमा फाइदा गर्दछ ।
कागतीमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ ।
अचार बिना तेलको बनाउने बिधि
कागती छान्दा राम्रो पोटिलो छान्नुपर्छ
त्यसलाई सफापानीमा पखाल्ने साथै हरियो खुर्सानीलाई पनी पखाल्ने
घाममा सुकाउने
त्यसपछी कागतीलाई ४ टुक्रा पार्ने
खुर्सानी र अदुवालाई पनी साना साना टुक्रा पारेर काट्ने
थोरै कागतीको रस निकालेर एउटा कचैरामा राख्ने साथै १ चम्चा हल्दी र २ चम्चा नुन हालेर घाममा राख्ने
तयार पारेको मसलालाई राम्रो सँग मिसाउने
५०० ग्राम कागतीको लागी सामाग्री
१ ठुलो चम्चा जिरा
१२ ठुलो चम्चा ज्वानो
२ ठुलो चम्चा रायो वा तोरी
६ ८ दाना ठुलो अलैची
२ टुक्रा दालचीनी
नुन स्वाद अनुसार
२ ठुलो चम्चा हल्दी
२ ठुलो चम्चा सौँफ
३ ठुलो चम्चा कालो नुन
२ ठुलो चम्चा रातो खुर्सानी
मसला तयार गर्ने बिधि
साबुद मसलालाई मन्द आगोमा हल्का भुट्ने र खस्रो गरी पिस्ने
तयार गरीएको मसला कागतीमा मिसाउने र तयार पारेको रसलाई पनी मिसाउने
राम्रो सँग मोलेर सफा सिसिमा राख्ने
३ ४ दिन सम्म घाममा राख्ने
अचार राख्दा थिचेर राख्ने जसले गर्दा अचारमा भएको हावा र पानी माथी आउँछ र अचार कुहिनबाट बच्छ ।
त्यसपछि एकदमै स्वादिष्ट अचार तयार हुन्छ ।