बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ । यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ ।
नेपालमा यसको परिकार सिमित भए पनि विदेशमा भने सैयौं परिकारमा यसको प्रयोग गरिन्छ । जाडो मौसममा तामाको सुप निकै लाभदायक हुन्छ ।
तामा तयार पार्ने विधि
बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याई स(साना टुक्रा बनाउनुपर्छ । त्यसलााई केहीबेर घाममा सुकाएर सुकाएर बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरि राख्नुपर्छ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लिएपन बढ्दै जान्छ ।
तामालाई पलास्टिकमा बाधेर जमिनमुनि महिनौसम्म गाड्ने परम्परागत तरिका पनि छ । तर, ब्याबसायिक रुपमा तामा उत्पादन गर्ने हरुले भने एयर टाइट बोटलमा भिनेगर र तामा राखी विक्रीको लागि राखेका हुन्छन् ।
यस्ता छन् तामाका परिकार
नेपालमा तामाको परिकार सिमित छन् । नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकप्रिय छ ।
विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार पारिन्छ । थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ । चीनमा त तामाको २५० भन्दा बढी परिकार तयार हुन्छ ।
मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बासको टुसालाई ताजै तरकारीको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।
तामा खादाका फाइदा
– बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ । जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ ।
– बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पुर्याउँछ ।
– पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।
– गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । यस्ता महिनालाई गर्भवतिको अन्तिम महिलामा तामा खुवाउने गरिन्छ ।
– यसले ग्यास्ट्रिक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।
– यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
– फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ ।
अन्य फाइदा
- तामाको सब्जी खनाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ ।
- उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो ।
- पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ ।
- यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन ।
- तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ ।
- तामाले पिसाबघरका कतिपय समस्याहरू लाई निको पार्न औषधिको काम गर्छ।
- तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा स्वास९प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।
- झाड़ा-पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औ्षधीको काम गर्दछ ।
- यसमा अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन सोझो अर्थमा ओजन कम गर्न मा ठूलो सहयोग पुर्याउँछ।