अण्डा प्रोटिन र एमिनो एसिडको स्रोत हो । यसमा भिटामिन ए ,डी , बि टुबेल र इ को पनि भरपुर मात्रा हुन्छ । अण्डा सबैले खाने गरेका छौ तर खाने तरिका बेग्लै हुनसक्छ । किनकि कसैलाइ उसिनेर मन पर्छ भने कसैलाई अम्लेट बनाएर र कसैलाई करी बनाएर । तर आज हामी उसिनेको अण्डाको सेवन गर्दा हुने फाइदा बारे जानकारी गराउने छौ ।
मोटोपन घटाउछ : यदि तपाई मोटोपन घटाउन चाहनुहुन्छ भने उमालेको अण्डा खानुहोस । ४ वा ५ वोटा अण्डा लाइ उमालेर अन्डाको पहेलो भाग लाइ निकाली बिहान नास्ताको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । किनकि अन्डाको पहेलो भागमा फ्याट हुन्छ र सेतो भागमा प्रोटिन रहेको हुन्छ । मोटोपन कम गर्नको लागि पनि प्रोटिनको आवस्यकता पर्ने हुदा अन्डाको सेतो भागको प्रयोग गर्ने गरिन्छ ।
वजन बढाउँछ : यदि तपाईलाई वजन बढाउन मन भए उमालेको अण्डा पहेलो भाग संगै खानुहोस । अन्डाको पहेलो भागमा धेरै मात्रामा फ्याट हुने भएकाले यसले वजन बढाउन निकै सहयोग पुर्याउछ ।
दिमागको लागि फाइदा : उसिनेको अण्डा मानशिक स्वास्थ्यको लागि पनि निकै फाइदाजनक रहेको छ । अण्डामा रहेको भिटमिन्स ,ओमेगा ३ ,फ़्याटि एसिड दिमागको लागि फाइदाजन हुन्छ । यसमा कलिन पाइन्छ जसले स्मरण शक्तिलाई बढाउछ र साथै दिमागको कार्य क्षमता पनि बढाउन मदत गर्दछ । त्यसैले दिमागको बिकाशको लागि उमालेको अन्डाको सेवन गर्नुहोला।
बिहान उठ्न अल्छि : यदि तपाइँ बिहान उठ्न अल्छि गर्नुहुन्छ भने सधै अन्डाको सेवन गर्नुहोस । उमालेको अण्डा इनर्जी बुस्टर हो । त्यसैले सधै बिहान उमालेको अण्डा खानुहोस जसले गर्दा पुरादीन इनर्जी मिल्छ ।
कपाल र नङ : हाम्रो कपाल र नङ प्रोटिनले बनेको हुन्छ । त्यसैले अण्डामा रहेको प्रोटिनले कपाललाइ दरो ,राम्रो र मुलायम बनाउन मदत गर्दछ । र साथै नङलाइ पनि दरो बनाउछ । कपाल को लागि अण्डा खानुको साथै काचो अण्डालाइ दहि अथवा सर्सिउको तेलमा पनि मिसाएर लाउन सक्नुहुन्छ ।
मुटुको रोग : उमालेको अन्डाले मुटुको रोगहरु बाट पनि बचाउछ । अन्डाको पहेलो भागमा अनस्याचूरेटेड फ्याट पाइन्छ जुन मुटु रोगि हरुको लागि राम्रो मानिन्छ । अनस्याचूरेटेड फ्याटले ब्लड सुगर र कोलेस्टेरोल लाइ कम गर्छ । त्यसैले आफ्नो खानामा अन्डाको सेबन गर्नुहोस ।
आँखाको लागि फाइदा : जसलाई आँखाको रोग छ वा बुढा बुढी हुनुभएका हरुले आँखा देख्न कम भएको छ भने उनीहरुले सधै दुइवोटा अन्डाको सेवन गर्नुहोस । अण्डामा भिटामिन ए रहेको हुन्छ जसले गर्दा हाम्रो आँखाको लागि राम्रो हुन्छ ।
आइरनको कमि : कतिपय मान्छेको शरीरमा आइरनको कमि रहेको हुन्छ जसले गर्दा टाउको दुख्ने ,चिड चिडिने , शरीर दुख्ने र शरीरमा रगतको कमि हुनु जस्ता लक्षण देखिन्छ । यस्तो अवस्थामा उमालेको अण्डा खानु राम्रो हुन्छ । किनकि यसमा रहेको आइरनले शरीरमा खुनको कमीलाई ठिक गर्छ र शरीरलाई तागत दिन्छ ।