सिन्धुपाल्चोक - चराहरुको चिरबिर आवाजले साँझ पर्न लागेको संकेत दिदै थियो । त्यहि समय एक्कासि अनौंठो गड्यामगुडुम आवाज आयो । केहि बेरमा नै हाम्रो घर अगाडि बरिपरीका मान्छेहरु भेला भए । सबै अलमल्ल थिए यो कस्तो आवाज हो, यस्तो आवाज त कहिले सुनेका थिएनौं, के को आवाज होला सबैमा यहि जिज्ञासा थियो । तर के को आवाज हामीले थाहा पाउन सकिरहेका थिएनौं ।
केहि बेरमा तिम्बुबाट खोला बढेर बाढी आएर चनौटे बजार बगर बनायो रे चनौटेबासीको भागाभाग छ रे भन्ने खबर लिएर पल्लो घरको बहिनी आइन् । ति बहिनीलाई चनौटेमा गएको उनको दाईले खबर दिएको रहेछ । मैले हत्तपत्त चनौटेमा व्यवसाय गरेर बस्नुभएको हाम्रो काका (बुबाको सानीमा छोरा) को रिसोर्ट के भयो ? काकाहरु कहाँ हुनुहुन्छ भनेर सोधे । ति बहिनीले रिर्सोट त सबै बगायो रे मान्छे चाहि खोई भनि । मेरो हात खुट्टा काम्न सुरु गरे । भगवान काकालाई केहि नहोस भनेर हात जोडे फेरि हत्तपत्त काकालाई फोन लगाए । काकाले फोन उठाउनुभएन त्यसपछि म झन आत्तिए । बुबालाई काकाले फोन उठाउनुभएन भने । बुबाले नराम्रो नसोच भाग्दै होलान फोन गरिराख भन्नुभयो । दोस्रो पटक फोन गर्दा झन फोन नै लागेन । काका र म क्लासमेट । हामीबिच काका भतिजी मात्र नभई साथीको सम्बन्ध पनि थियो । हाम्रो बालापन र स्कुले जिवन सँगै बित्यो । ति सबै यादहरु मेरो आँखा वरीपरि घुम्न थाले । म काकासँग बिताएको त्यो समय सम्झेर आफुभित्र हराई रहेको थिए ।
एक्कासी मोबाइलको घण्टि बज्यो, म झस्किए, मोबाइल हेर्दा काकाले कल ब्याक गर्नुभएको रहेछ । त्यत्तिबेला मेरो खुशिको सिमा रहेन । तर म के भनेर बोलु मसँग कुनै शब्द थिएन त्यसैले मैले बुबालाई फोन दिए । बुबाले अतिदै कहाँ छौ भनेर सोध्नुभयो बुबाले सुरक्षित ठाउँमा गएर बस् भन्दै हुनुहुन्थो फोन काटियो । अफ्ठ्यारोमा नेटवर्कले पनि साथ दिएन भनेर बुबाले मेरो हातमा मोबाइल थमाउदै काका रोएको जस्तै छ भन्नुभयो । काका (बुबाको भाई) ले त्यसो भए जाउँ चनौटे अफ्ठ्यारोमा परेको बेला सहयोग गर्नुपर्छ, कति मान्छे अलपत्रमा परेका होलान जाउँ भन्नु भयो ।
त्यतिबेला सिमसिम पानी परिरहेको थियो बुबा र काका छाता खोजेर चनौटेतर्फ लाग्नुभयो भाई पनि बुबाहरुको पछि लागेर गयो ।
खोलाको आवाज कम होला भन्दा झन् बढिरहेका थियो । हामी पल्लो घरको आँगनबाट पारी पट्टि गणेशको बगरमा नियाल्न थाल्यौ । टर्च बालेर मानिसहरु आइरहेका थिए । यो दृश्य देखेपछि रातको समय सिमसिम पानी बालबच्चा, बृद्धबृद्धा लिएर कसरी रात कटाउँलान कठै भनेर मुमा बर्बराउन थाल्नुभयो ।
साझँ देखि सुरु भएको बाढीको गडगडाहट कम होला भन्दा झन ठूलो सुनिरहेको थियो । हाम्रो घर अघि भेला भएका मानिसहरु कोहि चनौटे लागे त कोहि आफ्नो घर तर्फ लागे । मानिसहरु आ आफ्नो घर गएपछि मनमा डर लाग्यो ।
भाइलाई फोन गरे लागेन । छटपटिमा बसिरहेको थिए साढे १० बजेतिर बुबा र भाई घर फर्कनुभयो । बुबालाई धेरै ठुलो बाढी आएछ भनेर सोधे ? उहाँले लामो सास फेर्दै बजार बगाएर बगर बनाएछ । मान्छे पनि धेरै पो बेपत्ता भए रे भन्नुभयो । मैले फेरि त्यहाँको अवस्थाबारे सोध्न खोज्दा बुबाले सुत अब भोली बिहान गएर आफै हेर्नु भन्नभयोे ।
बाढीको त्यो भयाबह गडगडाहट सुनेर सायद त्यो रात कसैलाई निन्द्रा परेन होला । म पनि रातभर निदाउन सकिन । मोबाइल हेरे ब्याट्रीको चार्ज ३५ प्रतिशत देखायो । चनौटे बजारका साथीलाई फोन गरेर केही थाहा पाइन्छ जस्तो लाग्यो । मसँग नमस्ते र एनसेलको दुवै सिम थिए तर बढी प्रयोग नमस्ते नै गर्थे । नमस्तेमा नेटवर्क थिएन् । एनसेलमा बेलाबेला आउने जाने भइरहेको थियो । नेट चलाउन सकिन । त्यो रात अरु रात भन्दा निकै लामो लागिरहेको थियो । सायद म भोली बिहानको पर्खाइमा भएर यस्तो महशुस भएको हुन सक्छ ।
बिहान छतमा गएर हेरे चनौटे जानेको लर्को थियो । गाउँका मानिसहरु घरधन्दा नै छोडेर बाढिको बितण्ड हेर्न लम्किरहेका थिए । बैनिहरुसँग म पनि बाढिको बितण्ड हेर्न गए ।
हेलम्बु गाउँपालिकाको व्यापारिक केन्द्रबिन्दु चनौटे बजार बाढीले सोत्तर नै पारेछ । त्यहाँ रहेका कत्तिको घर, व्यवसाय सबै बगर बनाएछ । पछिल्लो समय हेलम्बुमा माछापालन निकै फस्टाएको थियो । माछापालन व्यवसायी माछालाई सुरक्षित राख्न जाँदा बाढीले नै लगेछ । लाखौ करौडाका मालिक छिनभरमै सडकमा आए । खेती योग्य जमिन सबै बगर भयो । तिम्बु देखि चनौटेसम्मको सडक पनि विच्छेद भयो । चिउरीखर्कको मगरबस्तीका सबै घर र खेतहरू बाढीले बगाएछ । यस्तो भयाबाहक स्थिति देखेर हेर्न जाने सबैको मन दुखेको थियो ।
चनौटेबासी असार २ गते दिउँसो बाढीले बाकी राखेको घर भित्रको सामान निकाल्न कोसिस गरिरहेका थिए । ति प्राय मानिसको खुट्टामा चप्पल थिएन । अनुहार हेर्दा एकदमै त्रसित देखिन्थ्यो । कत्तिले घरको केहि सामान निकाल्न पाए भने कत्तिले घरको केहि नासान समेत देखन पाएनन् ।
असार १ गते साझँको बाढीले चनौंटे र मेलम्चीका व्यवसायीहरुलाई ठूलो जनधनको क्षति गरायो । त्यस्तै, खोलाबाट सय मिटर माथि बनाएका १२० भन्दा बढि घर पबि बाढिले सबै बगायो ।
प्रकृतिले सिन्धुपाल्चोकलाई पटक पटक ठगिरहेको छ । हामी भूकम्प, बाढिपहिरो जस्ता विभिन्न प्राकृतिक बिपत्तिसँग पटक पटक लडिरहेका छौं। भुकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकका नागरिक तङगरिन नपाउँदै फेरि बाढिको बितण्डा आयो ।
सहयोगी हात
बाढीको भोलिपल्ट नै सहयोगी मनहरु राहत लिएर पुगे तर जो बढि समस्यामा थिए उनीहरु राहतबाट बञ्चित थिए । 'सेवा भावले राहत प्रदान गर्नु राम्रो हो तर समस्यामा परेकाको पहिचान नगरी राहत वितरण गर्दा मर्कामा परेकालाई नभई अन्य व्यक्तिले फाइदा उठाउँने गरेको देखियो ।'
बर्षातको सुरुमा नै आएको बाढीले सबैलाई चकित पारेको छ । अन्य बर्षको तुलनामा यो बर्ष बढी बर्षात हुने खबरले नै त्रसीत भएका सिन्धुबासी तिम्बुबाट अचानक आएको बाढीले खेतियोग्ग जमिन र घर, व्यावासाय बगर बनाएपछि आतकित भएका छन् ।
हालसम्म के कारणले बाढी आएको भन्ने अध्ययन हुन सकेको छैन । हेलम्बु गाउँपालिकाले भने वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोले बाढी आएको जनाएको छ ।
'गाउँपालिकाद्धारा जारी सुचनामा, विज्ञ डारविनराज निरौलालाई उद्धृत गर्दै चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ ।' त्यस्तै, 'सूचनामा चौरको ७५ प्रतिशतमध्ये कति भागमा पहिरो जानसक्ने एकिन नभएको जानकारी दिँदै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत अनुरोध गरिएको थियो ।'
सो स्थानमा अहिले भन्दा ठूलो बाढी र विपत्ति आउन सक्ने भएकाले बस्ती स्थानान्तरण गर्नुपर्ने वातावरणविद् डा रविनराज निरौला बताउँछन् । उनी भन्छन्, ‘सिन्धुपाल्चोक अझै थप जोखिममा छ त्यसैले समयमा नै होसियारी अपनाउनुपर्छ ।’