बिभिन्न भिटामिनहरु मध्ये भिटामिन सी पनि हाम्रो शरीरलाई आवश्यक पर्दछ । यसले हाम्रो शरीरलाई बिभिन्न फाईदाहरु पु¥याउने काम गर्दछ । जोर्नीको दुखाईमा राहत दिने देखी क्यान्सर लाग्नबाट बचाउने सम्मका बिभिन्न कामहरु भिटामिन सीले गर्छ । भिटामिन सी ले हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्न निकै मद्दत पुर्याउँछ । चिकित्सकहरुका अनुसार स्वास्थ्यका लागि भिटामिन सी निकै जरुरी छ ।
हाम्रो शरीरका लागि ‘भिटामिन सी’ कति महत्वपूर्ण छ त ?
- भिटामिन सी मा उत्कृष्ट हिलिङ पावर हुन्छ, जसले छालाको घाउ चाँडै भर्न मद्धत गर्छ । प्रतिरोध क्षमता कम भएको स्थितिमा यसले संक्रमण फैलन र रोगबाट बच्न सहयोग गर्छ ।
- हाम्रो त्वचाको पछिल्लो भागमा रहने कनेक्टिव टिश्युको निर्माणमा ‘भिटामिन सी’ को धेरै ठूलो भूमिका हुन्छ ।
- भिटामिन सी एक उत्कृष्ट एन्टी अक्सिडेन्ट हो । यसले क्यान्सर र अन्य समस्या पैदा गर्ने फ्रि रेडिकल्सबाट बचाउँछ । यसका अलावा यसले रोग प्रतिरोधक क्षमता बनाएर क्यान्सरसंग लड्नमा सहयोग गर्छ । यस्तै कोशिका र डीएनएमा हुने परिवर्तनबाट पनि बचाउँछ, जसले क्यान्सर पैदा गर्छ ।
- ‘भिटामिन सी’ को कमिले इम्यूनिटी क्षमतामा ह्रास आउँछ । त्यसैले इम्यूनिटी क्षमता बढाउन ‘भिटामिन सी’ अनिवार्य रुपमा सेवन गर्नुपर्छ ।
- ‘भिटामिन सी’ मा पर्याप्त मात्रामा एन्टी–अक्सीडेंट हुन्छ । जसले हाम्रो त्वचा, लीभर र विभिन्न प्रकारका कोषतन्तुहरुलाई बिग्रिन दिँदैन् ।
- ‘भिटामिन सी’ को अर्को श्रोतको रुपमा ‘अमला’लाई मानिन्छ । ‘भिटामिन सी’ धेरै लामो समयसम्म अमलामा रहन्छ । अमलाको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
- भिटामिन सीले दिमागलाई स्वस्थ राख्नेमात्र होइन तनावबाट लड्ने एड्रिनेल नामक हर्मोन पनि उत्पादन गरेर तनावबाट बच्न सहयोग गर्छ ।
- मेटाबलिज्म बढाउन र शक्ति सन्तुलनका लागि पनि ‘भिटामिन सी’ जरुरी छ ।
- ‘भिटामिन सी’ का लागि कागति, अमला, विभिन्न मौसमी तरकारीहरुको सेवनमा ध्यान दिनुपर्छ
‘भिटामिन सी’ पाइने पाईने फलफलु तथा तरकारीहरु :
अमला
अमलामा अधिक मात्रामा भिटामि सि पाउन सकिन्छ । एउटा अमलामा लगभग ४ वटा कागती र ३० वटा सुन्तला बरावरको भिटामिन सि पाईन्छ । अमलाको नियमित सेवनले डाइजेशन राम्रो बनाउछ ।
सुन्तला
सुन्तलामा पनि भिटामिन सि पाउन सकिन्छ साथै फाइबर पनि अत्यधिक मात्रामा हुन्छ । एंटीआँक्सिडेंटसले शरीरलाई स्वस्थ बनाउनको लागि मद्दत गर्दछ ।
क्याफसिकन
क्याफसिकन क्याफसिकनमा लगभग ९५ मिलिग्राम भिटामिन सि पाउन सकिन्छ साथै यसमा पाईने एंटी इंफ्लेमेटरीले दुखाई कम गर्न पनि मद्दत गर्दछ ।
ब्रोकाउली
भिटामिन सीको लागि ब्रोकाउली निकै उपयोगी मानिन्छ , यसमा १३२ मिलिग्राम भिटामि सि पाउन सकिन्छ ।
मेवा
मेवा प्राय सधै उपलब्ध हुने यो फलमा १०० मिलिग्राम भिटामिन सि प्राप्त गर्न सकिन्छ । साथै यसले छालालाई समेत राम्रो गर्दछ ।
स्टेबेरी
स्टेबेरी एंटीअक्सिडेट्सको मात्रा धेरै हुने स्टेबेरीमा भिटामिन सि पनि भरपुर हुन्छ ।
कटहर
कटहर कटहरमा भिटामिन सि को मात्रा पाउन सकिन्छ । एउटा भुइकटहरमा ८० मिलिग्राम भिटामिन सि पाईन्छ । यसका साथै काचो केरा, अंगुरमा पनि भिटामिन सि धेरै मात्रामा पाउन सकिन्छ ।