काठमाडौं - मेटाबोलिजम (पौष्टिक तत्वबाट प्राप्त क्यालारी शक्तिमा रुपान्तरण गर्ने क्रिया) मा थायराक्सिन हर्मोन थाइराइड ग्रन्थीमा बन्छ । थायराक्सिन हर्माेन बन्ने क्रममा असन्तुलन हुनासाथ थाइराइडको समस्या हुने गर्छ ।
कुनै व्यक्तिले सेवन गरेको खाना राम्रोसँग मेटाबोलाइज र खानालाई शरीरले शक्तिको रुपमा प्रयोग गर्न सकेन भने यस्तो अवस्थामा हाइपो थाइराइड हुन्छ । थाइराइडको समस्यामा बिषेशत औषधी खानुपर्ने सल्लाह दिइन्छ । तर खानेकुराले पनि थाइराइडलाई केहि हदसम्म व्यवस्थापन गर्न सकिन्छ ।
हाइपर थाइराइडमा बढि क्यालोरी दिनुपर्छ भने हाइपो थाइराइडमा थोरै क्यालोरी दिएर व्यवस्थापन गरिन्छ ।
आइरनयुक्त खानेकुरा दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त खाए वा थाइराइडलाई कम गर्न सकिन्छ ।
आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले फूलगोभी र बन्दागोभी जस्ता तरकारी खानु हुँदैन।
जंकफुड, तेलमा तारेका, मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानु हुँदैन।
साथै तौल व्यवस्थापन, मेडिटेसन, शारीरिक व्यायम, तनाब व्यवस्थापन गर्नुपर्छ ।
(पोषणबिद् जया प्रधानसँगको कुराकानी)