नास्पातीको फाइदा : नास्पातीको सेवनले फोक्सोको क्यान्सर रोक्ने देखि पेटको क्यान्सर हसनबाट समेत जोगाउँछ । यसमा हाइपो एलजेर्निक तत्व हुने भएको यसको सेवनले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन ।
नास्पातीको सेवनले आखा धमिलो हुने समस्या कम गर्नुका साथै मुटुको धमनी विग्रनबाट जोगाउँछ । हालैमा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने नास्पातीको बोक्रामा एन्टीअक्सिडेन्ट क्वेरसेटिन पाइन्छ, जसले अल्जाइमर हुनबाट समेत जोगाउन मद्दत गर्छ । ।
यसमा पाइने उच्च फाइबरले कोलोन क्यान्सर हुनबाट समेत जोगाउँछ । नास्पातीमा ग्लूटेथाइन नामक एन्टी अक्सिडेन्ट तथा एन्टी कार्सिनोजेनिक तत्व पाइन्छ, जसले उच्च रक्तचाप तथा स्ट्रोक हुनबाट जोगाउँछ । यसमा पाइने फु्रक्टोस तथा ग्लूकोज शरीरलाई तागत प्रदान गर्ने प्राकृतिक स्रोतहरु हुन् ।
कस्ता कस्ता पोषकतत्व हुन्छ नास्पातीमा ?
नास्पातीमा भिटामिन ए, बी १, बी २, फोलिक एसिड लगायतका तत्व पाइन्छ । त्यस्तै, पोटासियम, कपर, फोस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ । क्याल्सियम, आइरन, म्याग्नेसियम, सल्फर, क्लोराइन तथा सोडियम जस्ता तत्व नास्पातीका कम हुन्छ । केही प्रकारका नास्पातीमा भने आइरनको मात्रा धेरै हुन्छ । यदी नास्पाती काट्दा दुवै भागमा खैरो देखिएमा भने त्यसमा आइरनको मात्रा धेरै भएको बुझ्नु पर्छ ।
किन खाने नास्पाती ?
कब्जियत कम गर्न : नास्पातीमा पेक्टिन हुन्छ, जसले दिशा खलास गर्न मद्दत गर्छ । कब्जियत भएमा नास्पातीलाई साधा तथा जुसको रुपमा पनि सेवन गर्न सकिन्छ ।
वजन घटाउन : वजन घटाउन चाहनेका लागि नास्पाती राम्रो विकल्प हुनसक्छ । नास्पातीमा क्यालोरीको मात्रा कम हुने भएकोले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । भोक नलाग्नको लागि नास्पातीलाई रातको समयमा सेवन गर्न सकिन्छ । नास्पातीमा प्रशस्त मात्रामा फाइबर हुने भएकोले यसले तपाईलाई लामो समयसम्म भोक लाग्न दिदैन ।
अमिलो पानी कम गर्न : छाती पोल्ने समस्या, अमिलो पानी, तथा अपचको समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसले पेटमा रहेको एसिडलाई सोसेर अमिलो पानी आउनबाट जोगाउँछ ।
मधुमेहमा : कम क्यालोरीयुक्त तथा कार्वोहाइड्रेट्को मात्रा कम हुने भएकोले चिकित्सकहरु प्राय मधुमेहका विरामीलाई नास्पाती खान सल्लाह दिने गर्दछन् । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रित हुने गर्दछ । नास्पातीको स्वादलाई अझ बढाउन यसमा सुगर फि्र, फ्याट फि्र कि्रमकेा प्रयोग गर्न सकिन्छ ।
बाझोपन हटाउन : हर्मोनको गडबडीका कारण कयौ महिलामा बाझोपनाकेा समस्या हुने गर्दछ । ताजा तथा स्वस्थ फलफूल खाएर पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।
फलफुलमा प्राकृतिक गुलियोपना हुने गर्छ, जसले प्रजनन स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । त्यतिमात्रहैन, नास्पातीमा विभिन्न किसिमको भिटामिन तथा मिनरल्स पाइन्छ गरे शरीरको प्रतिरोधी क्षमतालाई मजुबत बनाई बाझोपनाको समस्या कम गर्न मद्दत गर्छ ।
पथ्थरी हुनबाट जोगाउन : नास्पातीको सेवनले पित्तथैलीमा पथ्थरी हुन दिदैन । यसमा पाइने ‘मेलिक’ नामक तत्वले पथ्थरीलाई कम गरी शरीरमा पथ्थरी हुनबा ट जोगाउँछ । त्यतिमात्र हैन , यसले मिगौलामा हुने पथ्थरीबाट समेत जोगाउन मद्दत गर्छ । सामान्यतया मिर्गौलामा क्याल्सियम अक्सालेट पथ्थरी हुने व्यक्तिको पिसाबमा अक्सोलेटको मात्रा धेरै हुने गर्छ ।