काठमाडौं - कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
जसअन्तर्गत काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो ।
तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । खोपको दोस्रो मात्रा उपत्यकामा मंगलबारबाट तीन दिनसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म लगाइने छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं महानगरपालिकाकामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागी खोप केन्द्रको रुपमा यि स्वास्थ्य संस्था तोकेको छ ।
वीर अस्पताल,
शिक्षण अस्पताल महाराजगञ्ज,
निजामती कर्मचारी अस्पताल,
शुत्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
परोपकार प्रस्तुती तथा स्त्री रोग अस्पताल,
काठमाडौं मेडिकल कलेज,
नेपाल प्रहरी अस्पताल,
वीरेन्द्र सैनिक अस्पताल,
शंकरापुर अस्पताल,
हिमाल अस्पताल,
ओम हस्पिटल एण्ड रिसर्च सेन्टर,
क्षेत्रपाटी निःशुल्क चिकित्सालय
जनमैत्री अस्पताल
कागेश्वरी मनोहरा नगरपालिकाका मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकी
तारकेश्वर नगरपालिकाका धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकी
दक्षिणकाली नगरपालिकाको शेषनारायण स्वास्थ्य चौकी
त्यस्तै कीर्तिपुर नगरपालिकाका आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पताल,
बुढानिलकण्ठ नागपालिकाका बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल,
गोकर्णेश्वर नगरपालिकाका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पताल
नागार्जुन नगरपालिकाका राकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थय चौकी,
चन्द्रगिरी नगरपालिकाका सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल,
शंखरापुर नगरपालिकाका लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकी