पिँडालुलाई आलु, मुला, साग गेडागुडी लगायतका तरकारीहरुमा मिसाएर पकाउने गरिन्छ । पिँडालु तरकारीको रुपमा मात्र होइन, पोलेर तथा उसिनेर पनि खाजाको रुपमा खाने गरिन्छ । पिँडालुलाई दालमा हालेर पनि खाने गरीन्छ । पिँडालु कन्दमूल वर्षमा पर्ने रेसादार खानेकुरा हो ।
पिडालु हालेको तरकारी बाक्लो र मिठो हुन्छ । त्यसैले पनि पिँडालु धेरैले मन पराउछन् । पिँडालु खादा मिठो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।
यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ ।
कब्जियत, अपच, पायल्स, शारीरिक कमजोरी आदिजस्ता समस्याका लागि यो लाभदायक छ।
पिँडालु फाइबरको राम्रो स्रोत हो।
यसमा म्यागनिज, भिटामिन बी, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ।
यी तत्त्व मानव शरीरका लागि लागि निकै उपयोगी छन्।
पिँडालुले रगतमा सुगरको माात्रालाई नियन्त्रण गर्छ ।
पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लाभदायक छ।
यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मुटुरोगको जोखिम कम हुन्छ।
पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात् क्यान्सरको सम्भावना घटाउँछ।
पिँडालुमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ। साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ। त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ।