काठमाडौं - वैज्ञानिक अध्ययनहरुबाट काउली निकै लाभदायक हुने तथ्य पुष्टि भैसकेको छ । काउलीमा विभिन्न खाले औषधीय गुण हुने भएकाले यसको नियमित सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरु बताउँछन् ।
काउलीमा हुने फाइबरले हाम्रो पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । यसले हामीलाई पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्छ ।
गर्भावस्थामा समेत काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।
विभिन्न वैज्ञानिक अध्ययनहरुले काउली लगायतका सागपातहरुले पेटको क्यान्सरको खतरा कम गर्ने तथ्य पत्ता लगाएका छन् ।
काउलीको नियमित सेवनले मोटोपनाबाट छुटकारा दिलाउन समेत सहयोग गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित हुन्छ ।
काउलीमा प्रसस्त क्याल्सियम पाइन्छ । यस्तो क्याल्सियम हाम्रो शरीरको हड्डीको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र यसले दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।
काउलीको सेवनले घाँटी सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याबाट समेत छुटकारा दिलाउन सहयोग गर्छ ।
दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।
रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत गोभी सहयोगी हुन्छ ।
काउलीको नियमित सेवनले कपाल झर्ने समस्या समेत घट्ने विज्ञहरु बताउँछन् ।
गोभिको छनोट
गोभि सफा र कसिलो हुनुपर्छ
काट्ने तरिका
गोभिको डन्टा काट्ने र खाली फुललाई राख्ने
काटिसकेको गोभिलाई २ मिनेट सम्म नुन र हल्दी पानीमा उमाल्ने ( २ ठुलो चम्चा नुन १ ठुलो चम्चा हल्दि १ठुलो चम्चा भेनेगर)
उम्लीसकेको गोभिलाई चिसो पार्ने
३ देखि ४ घन्टा सुकाउने
मसला बनाउने तरिका
सौँफ २ ठुलो चम्चा
मेथि १ ठुलो चम्चा
ज्वानो १ ठुलो चम्चा
जिरा २ ठुलो चम्चा
तोरि ३ ठुलो चम्चा
तेल आधा लिटर
हिङ १ र २ ठुलो चम्चा
रातो खुर्सानी ३ ठुलो चम्चा
कालो नुन १ ठुलो चम्चा
सादा नुन स्वाद अनुसार
सबै मसलालाई हल्का भुट्ने र खस्रो गरेर पिस्ने
तयार पारेको गोभिलाई सफा भाडाँमा राखेर तयार पारेको मसलालाई मिसाउने
तेललाई तातो पार्ने र तेल चिसो पारी अचारमा मिसाउने
त्यसमा कलौचि १ चम्चा भेनेगर ३ ठुलो चम्चा मिसाएर सफा सिसिमा राख्ने
सिसिमा तेल अचार डुब्ने गरी राख्नुपर्छ