जब कुरा बच्चालाई खाना खुवाउने हुन्छ, तब अभिभावकलाई सधैं तनाव हुन्छ । किनकी बच्चा खाने भन्नासाथ मुख बिगारीहाल्छन् । तर, जब बच्चाहरु जाम खान पाउँछन्, उनीहरु खुसी हुन्छ ।
के जाम साँच्चिकै स्वास्थ्यका लागि ठिक हुन्छ ?
ब्रेड र जाम, जाम र रोटी, जाम र बिस्कुट यी सबै कुरा अथवा ब्रेकफास्ट, लञ्च वा डिनर जुनसुकै खानामा पनि जामको हामी बढी नै प्रयोग गरिरहेका हुन्छौं । बच्चालाई खुवाउने कुरा आउनासाथ अभिभावकलाई यो सजिलो पनि हुन्छ खुवाउन । तर प्रश्न हामीले कहिल्यै गरेका हुँदैनौं कि यो जाम हाम्रा बच्चाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ कि हुँदैन ? झन टिभीमा आउने रंगीन विज्ञापनले त हाम्रो दिमाग खराब नै गरिरहेको हुन्छ । भनिएको हुन्छ कि यसमा पोषक तत्व हुन्छ, तर के यो सत्य हो त ? पक्कै पनि यो कुरा सत्य होइन ।
२ चम्चा चिनी अर्थात् एक चम्चा जाम
१ चम्चा जाम २ चम्चा चिनी बराबर हुन्छ । जाममा जसरी फलफूल राख्ने जिकिर गरिएको हुन्छ । तर, चिनी पनि त्यतिकै मिसाइएको हुन्छ । फलफूलाई पकाएपछि त्यसमा रहेको पानीको मात्रा घट्छ र त्यहाँ रहेको पौष्टिक तत्व पनि नष्ट हुन्छ । कुनै फलफूलमा रहेको भिटामिन सी त जाम बनाउने प्रक्रियामा पूरै नष्ट हुन्छ ।
मोटापनको खतरा
बच्चालाई धेरै जाम खुवाउँदा मोटोपन बढ्ने खतरा हुन्छ र नियमित यसको सेवन गर्दा मुटुसँग जोडिएका रोगहरु लाग्ने सम्भावना बढ्छ । यस्तो किन पनि हुन्छ भने जाममा आवश्यकताभन्दा बढी क्यालोरी हुन्छ ।
बच्चा स्वस्थ खानेकुरा भन्दा बढी मिठो खान रुचाउँछन् । गुलियो कुरा बढी हुँदा बच्चालाई जाम मनपर्छ । उनीहरुलाई यस्तै कुराको लत हुन्छ, जसले गर्दा अरु खानेकुरा बच्चालाई खान मन पर्दैन ।