काठमाडौं - त्रिफलाको ३ औषधिमध्ये एक, अमला गुणी जडिबुटीमा पर्छ । ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेद वा छायाँमा बसेर खानाले पनि अनेक रोगहरु निको हुन्छ ।
अमला खानुका फाइदा :
प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।
अमलाको दैनिक खानाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । मिर्गौलासंग सम्बन्धित रोगहरु लाग्दैनन ।
अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन।
अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।
दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।
दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
बनाउने तरीका
सुरुमा अमलालाई सफा पानीले धुने
त्यसपछि तातो पानीमा १० मिनेट सम्म उमाल्ने,
पाकिसकेपछी केहि समय चिसो बनाउने, चिसो भएपछी भित्रको गेडा अलग गर्ने
अचार बनाउदा चाहिने सामाग्रीहरु :
बाल्टी, जग, बाटाहरु, डाडु पनीउ, चक्कु, चपबोर्ड, सिसि, अमला, कराई र इन्धन
मसला ५०० ग्राम
धनिया १ ठुलो चम्चा
मेथी १ ठुलो चम्चा
जिरा २ ठुलो चम्चा
सौँफ २ ठुलो चम्चा
तोरी ३ ठुलो चम्चा
काश्मिरी खुर्सानी २ ठुलो चम्चा
ल्वाङ ५-६ वटा
तेल आधा लि.
भेनेगर ३ ठुलो चम्चा
कलौचि १ ठुलो चम्चा
कालो नुन २ ठुलो चम्चा
सादा नुन स्वाद अनुसार
हल्दी १ ठुलो चम्चा
हिङ
खुर्सानीको धुलो २ ठुलो चम्चा
मसला बनाउने बिधि
धनिया मेथी जिरा सौँप लाई मन्द आगोमा पट पट हुने गरेर भुट्ने
अनि खस्रो गरेर पिस्ने
तोरी ल्वाङलाई पनी खस्रो गरेर पिस्ने
अचार बनाउने बिधि
तयार पारेको अमला लाई ३ देखि ४ घन्टा सुकाउने
अमलामा भएको पानी सुकिसकेपछी बाटामा राखेर तयार पारेको मसला मिसाउने
अनी कराईमा तोरीको तेल तताउने
तेल चिसो भएपछी अचारमा मोल्ने
मोलिसकेको अचारलाइ सफा सिसिमा राख्ने र तेलमा डुबाउने
अनि सिसिलाई घाममा राख्ने दिनको २ घन्टा १ हप्ता सम्म
त्यसपछि एकदमै टेस्टि अमलाको अचार तयार हुन्छ ।