थाईराईड भन्नाले के बुझिन्छ? यो कस्तो रोग हो?
- थाइराइड भन्ने घाटीँमा एउटा सानो ग्ल्यान्ड हुन्छ जुन पुतलीको आकारमा हुन्छ। यसले होर्मोने बनाउने गर्दछ। सामान्य भाषामा भन्नुपर्दा यसको काम हाम्रो पाचन शक्ती र हाम्रो शरीर कुन गतीमा चलिरहेको हेर्नु हो।
के यो रोग महिलालाई मात्र लाग्ने रोग हो कि यो पुरुषलाई पनि लाग्छ?
- रोगहरु कुनै महिलालाई बढी लाग्ने हुन्छ त कुनै पुरुषलाई बढी लाग्ने हुन्छ। यस्तै यो रोग महिलालाई बढी लाग्ने गर्दछ। यसको अर्थात यो पुरुषलाई पनि लाग्ने गर्दछ तर एकदमै कम मात्रामा लाग्ने गर्दछ। छ महिलामा १ जना पुरुषलाई यो रोग लाग्ने गर्दछ।
थाईराईड रोग कति प्रकारक हुन्छन्?
- थाईराईडको ग्ल्यान्डमा धेरै प्रकारका रोगहरु लाग्न सक्छन्। ति मध्ये प्रमुख रोग यस्तो रहेको छ
१। हाईपर थाईरोईड ( Hyper thyroid)
२। हाईपो थाईरोईड (Hypo Thyroid)
३। थाइरोडाईटिज
४। गोइटर
५। क्यान्सर
-थाईराईड ग्ल्याण्डले काम गर्न बन्द गर्यो, हार्मोने कमी भयो, उत्पादन भएन भने त्यसलाई हाइपो थाईरोईड भनिन्छ।
-थाईराईडले चाहिने भन्दा बढी काम गर्यो र शरीरमा हर्मोने बढी उत्पादन भयो भने त्यसलाई हाइपर थाइरोइड भनिन्छ।
यि मध्ये सबैभन्दा बढी लाग्ने रोग कुन हो त?
- यि मध्ये सबैभन्दा बढी लाग्ने रोग हाइपो थाईरोईड नै हो जसमा थाइरोईड ग्ल्यान्डले काम गर्दैन र होर्मोने कम उत्पादन हुने गर्दछ। यो अटो इम्युन डिफिसेन्सी सिन्ड्रोम (auto immune deficency syndrome) को कारणले हुने गर्दछ। हाम्रो शरीरले आँफै नै थाईरोईड ग्ल्यान्डलाई मननपराएर त्यसलाई बिगारदिन्छ जसको कारणले थाईरोइड ग्ल्यान्डले काम गर्न सक्दैन र हाईपो थाईराईड लाग्ने गर्दछ।
यो रोगको बिरामी बढ्नुको कारण?
- पहिलाको समयमा पनि यो रोग हुन्थ्यो तर त्यस समयमा यो रोगलाई जाच्ने उचित मान्छे र मसिन नभएको कारणले गर्दा अहिलेको अवस्थामा आएर सबै कुरा उप्लब्ध भएर पनि रोग बढेको जस्तो देखिएको हो।
- डाईगनोसिस राम्ररी भएको कारणले
- जनचेतनको कारणले
तर विश्वभर हेरेर नेपालमा हेर्न हो भने हामीहरुको देशमा तुलनात्मक रूपमा यो रोगको बिरामीहरु कम छन्।
यो रोग लाग्नुको मुख्य कारण के हो त?
-पहिला चाँही आयोडिनको कमी नै थियो तर अहिले आएर हेर्ने हो भने सरकारले आयोडिन नुनमा राखेपछी गोईटर अथवा गाँडो लाग्दैन।
अहिले यो रोग लाग्नुको मुख्य कारण भनेकै अटो इम्युन डिफिसेन्सी सिन्ड्रोम (auto immune deficency syndrome) हो।
थाइराईडको के कस्तो लक्षण हुने गर्दछ?
- यसले रोग अनुसार फरक फरक लक्ष्ण देखाउने गर्दछ।
हाईपर थाईरोईड लक्ष्ण
-बढी जाडो लाग्ने
- मोटाउने, सुन्निने
- महिनावारी समयमा नहुने
- गर्ववती महिलाको अचानक मिस्क्यरेज हुने
हाइपर थाईरोईडको लक्ष्ण
- गर्मी बढी लाग्ने
- मुटुको ढड्कन बढ्ने
- शरीरको तौल घट्ने
- बढी रिस उठ्ने
यो कुन उमेर समुहमा बढी देखिन्छ?
यो सामान्य रुपमा ६० बर्षको उमेर भन्दा माथिको मानिसहरुमा देखिने गर्दछ। हाइपर चाँही जवान मानिसहरुलाई हुने गर्दछ भने हाईपो चाँही मध्य(३०-३५) उमेरको मानिसहरुलाई हुने गर्दछ।
के एउटा गर्भवति महिलाले थाईराईड लागेको अवस्थामा बच्चा पाउन सक्नुहुन्छ त?
- थाइराईड लागेको अवस्थामा एउटा गर्भवती महिलाले अवस्य पनि पाउन सक्नुहुन्छ। थाईराईड लागेको महिलाले बच्चा पाउन सक्दैन भन्नु मानिसमा चेतनाको कमिले गर्दा हो। एउटा महिलाले डाक्टरसँग सल्लाह लिएर औषधीहरु राम्रोसँग लिएमा उसलाई आमा बन्न बाट केही कुराले पनि रोक्न सक्दैन।
एउटा बच्चामा आमाबाट थाईरोईड सर्ने सक्ने सम्भावना कति हुन्छ?
- एउटा आमाबाट बच्चामा सिधै थाईरोईड भने सर्दैन तर भबिस्यामा गएर उसलाई पनि थाईरोईड हुने सम्भावन हुन्छ।
(डाईबीटीज तथा थाईराईड रोग विशेषज्ञ डा. दिना श्रेष्ठसँगको कुराकानीमा आधारित )