काठमाडौं - लट्टे, जसलाई न उमार्न गाह्रो छ, न यसको परिकार बनाउन । यो एक पोषणयुक्त, गुणी साग भएर पनि हामीमध्ये धेरैले लट्टेको सागलाई हेला गरिरहेका हुन्छौं । जबकि यो हाम्रो पुरानो रैथाने खानेकुरा हो ।
लट्टेको साग निकै स्वास्थ्यवर्द्धक मानिन्छ । यसबाट हाम्रो शरीरलाई आवश्यक खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । अर्थात् लट्टेको सागमा खनिज तत्व फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । भिटामिन इ, भिटामिन सी र फोलिक एसिडको स्रोत पनि हो ।
लट्टे मात्र कहाँ हो र लट्टेको दाना पनि उत्तिकै उपयोगी मानिन्छ । लट्टेको दाना बालबच्चा, गर्भवती आदिका लागि निकै लाभदायक हुन्छ । यसलाई जुनसुकै खानेकुरासँग पनि मिसाएर खान सकिन्छ । विगतमा कुपोषणबाट बच्न समेत लट्टेको दाना सेवन गरेको पाइन्छ । यसलाई तरकारी अचार बनाएर वा सुकाएर रोटि लगायत अन्य खानेकुरामा मिसाएर खान सकिन्छ । यसको अचार बनाउने तरिका यस्तो छ ।
बनाउने विधि
सागलाई राम्रोसँग धोएर उसिन्ने
उसिनेको सागमा नुन, कागती, तिल र टिमुर हालेर मिसाउने
तेल तताएर मेथि, बेसार र खुर्सानि झान्ने
यसरी स्वादिष्ट्र र स्वस्थ्यकर अचार तयार हुन्छ । यसरी साधेँको लट्टे खानुका फाइदा यसप्रकार छन् ।
कोलेस्ट्रोलको स्तरलाई कम गर्छ ।
रक्तचापको स्तरलाई सामान्य राख्न मद्धत गर्छ ।
प्रोटिनको राम्रो स्रोत
भिटामिन ए के बि र क्यालसियमको स्रोत
(सोचाइको फेसबुक पेजबाट साभार)