काठमाडौं - स्कुस बहुउपयोगी, बहुगुणी तरकारी हो। स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ । स्कुस तरकारी बनाएर, उसिनेर, मःम बनाएर खाए हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व भएको स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो ।
स्कुसको पोषक तत्वले धनी तरकारी हो । यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित पोषक तत्व पाइन्छ ।
क्यालोरी – ३९
कार्बोहाइड्रेड – ९ ग्राम
प्रोटिन – २ ग्राम
भिटामिन सी –२६ प्रतिशत
कपर – १२ प्रतिशत
पोटासियम – ७ प्रतिशत
म्याग्नेसियम – ५ प्रतिशत प्राप्त हुन्छ ।
यी पोषक तत्वका साथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बोहाइड्रेडपनि हुन्छ ।
यसमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको प्रचुर मात्रामा पाइन्छ । जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ । भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।
स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सरप्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सी को एउटा उत्कृष्ट स्रोत हो । जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।
स्कुस खाने व्यक्तिमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ ।
त्यसबाहेक स्कुस फाइबरको राम्रो स्रोत हो । २०० ग्राम स्कुसमा शरीरमा चाहिने कुल फाइबरको १५ प्रतिशत आरडीआई प्राप्त गर्न सकिने बिशेषज्ञहरु बताउँछन् । फाइबर युक्त खाद्य पदार्थको उच्च सेवनले मुटु रोगको जोखिम घटाएको विभिन्न अध्ययनले देखाएको छ ।
घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बोहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ । स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पु¥याउँछ ।
स्कुसको नियमित सेवनले गर्भवती लागी पनि फाइदाजनक हुन्छ । २०० ग्रामको एउटा स्कुसले शरीरमा चाहिने फोलेट र भिटामिन बीको ५० प्रतिशत माग पूरा गर्छ ।
त्यसैले, गर्भावस्थामा स्कुस खानु उत्तम हुन्छ ।
उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पु¥याउने गर्छ । एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ । यी नतिजाहरू पूर्ण क्यान्सर प्रतिरोधी भनेर प्रमाणित तथ्य भने होइनन् ।
कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ ।
यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ ।