भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ ।
शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।
कमीको लक्षण
कतिपय अवस्थामा भिटामिन डी कमी भएको लक्षण ठ्याक्कै देखिँदैन ।
यसको कमीले देखिने लक्षण भनेका हाड दुख्ने, मुटुमा समस्या देखिने, क्यान्सर, कठिन खालको दम आदि हुन् ।
यसको कमीले, डिप्रेसन, कपाल झर्ने, टाउको दुख्नेलगायत समस्या पनि निम्तिने गर्छ ।
भिटामिन डीले मधुमेह र रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह र रक्तचापको समस्या पनि देखिन सक्छ ।
यस्ता जोखिममा
दूधबाट बनेका प्रडक्ट, माछा, अन्डा नखाने र घाममा नदेखिने मानिसलाई भिटामिन डीको कमी हुन सक्छ । बिहानदेखि बेलुकासम्म अफिसभित्रै बसेर काम गर्नेलाई पनि यस्तो समस्या हुन सक्छ ।
कालो वर्णका मानिस भिटामिन डी कमीको जोखिममा हुन्छन् । कालो वर्णका मानिसमा हुने मिलानियन पिगमेन्ट नामक तत्वले भिटामिन डीको निर्माणमा अवरोध सिर्जना गर्छ ।
मिर्गौलासम्बन्धी समस्या भएका मानिसमा पनि भिटामिन डीको कमी हुन सक्छ । किनकि, मिर्गाैलाले भिटामिन डीलाई निर्माणमा सीधा सम्बन्ध हुन्छ ।
पाचन प्रणलीमा समस्या, दीर्घरोगी, मोटोपन भएका मानिसमा पनि यसको समस्या देखिन सक्छ ।
कसरी बच्ने
दूध, दही प्रशस्त मात्रामा खानुपर्छ । दैनिक २० मिनेट घाममा बस्ने, सागपात, माछा, अन्डा खाने ग-यो भने यो समस्याबाट बच्न सकिन्छ ।