बनाउने विधि
मासुलाई नून राखेर पानीमा उमाल्ने । काटेर राखिएको गोलभेंडा र खुर्सानीलाई थोरै तेलमा भुट्ने । रातो खुर्सानीको धुलो मिलाएर पेस्ट बनाउने । उसिनेको मासुलाई ठीक्कको टुक्रामा काट्ने र ग्रिल वा प्यानमा रोस्ट गर्ने । ग्रिल गरिएको मासुमा अघि बनाइएको पेस्ट मिसाउने ।
काटिएको हरियो खुर्सानी, गोलभेंडा, हरियो धनियाँको टुक्रा, जिराको धुलो, लसुनको पात हालेर मिसाउने । स्वाद अनुुसार नुन राखेर राम्रोसँग चलाउने ।
अर्को प्यानमा तोरीको तेल तताउने । तेल राम्रोसँग तातिसकेपछि आगो निभाउने । तेलमा मासु हाल्ने, त्यसपछि बेसार र कागतीको रस हालेर राम्रोसँग मिक्स गरेपछि मटन छोइला तयार हुन्छ । तयार भएको छोइलालाई अदुवा र हरियो लसुनको टुक्राले गार्निस गरेर सर्भ गर्ने । यो चार जनाका लागि पुग्छ ।
खसीको मासु – ३०० ग्राम, गोलभेंडा – १०० ग्रा, टुक्रा काटिएको लसुन – १० ग्रा, टुक्रा काटिएको अदुवा – १० ग्रा, काटिएको हरियो खुर्सानी – १० ग्रा ,सुकेको रातो खुर्सानी – ४–५ वटा,
भुटेको जिराको धुलो – ५ ग्रा, बेसार – ५ ग्रा, धनियाँको पात – ५ ग्रा, कागतीको रस –१० ग्रा, हरियो लसुनको पात – ५ ग्रा र तोरीको तेल – १० मिलि।