काठमाडौं- नेपालमा बर्षेनि क्यान्सर रोग बढ्दै गइरहेको अध्ययनहरुले देखाएको छ । क्यान्सर पिडित बढेसँगै क्यासर रोग उपचारका लागि अस्पतालहरु खुल्नेक्रम पनि जारी छ । त्यस्तै बिर्तामोडमा अत्याधुनिक उपकरणसहित करिब डेढ अर्ब लगानीमा क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पतालका सञ्चालक दुर्गा प्रसाईंले ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालन ल्याएका हुन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा के कस्ता प्रविधिहरु र जनशक्तिका साथ क्यान्सरको उपचार गरिदै छ त हामीले पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा क्लिनिकल आन्कोलोजीस्ट डा. वीरेन्द्र कुमार यादवसँग गरेको कुराकानीः
कोरोनाको दोस्रो लहरले क्यान्सरका बिरामीमा कस्तो प्रभाब परेको छ । हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामी चाप कत्तिको छ ?
लकडाउन भएसँगै बिरामी अस्पताल आउँनेको संख्या घटेको देखिन्छ । अन्य समयमा भने देशभरका क्यान्सर बिरामीहरु आउँने गरेका छन् । पश्चिममा बाग्लुङ, अछाम, कैलाली बाँके, बिरगंज देखि लिएर पोखरा लगायत, जनपुर, पाँचथर र ओखलढुगाका बिरामीहरु पनि आउँछन् । भने कतिपय बिरामीहरु नेपालका अन्य क्यान्सर अस्पतालमा नगरिने विशेष खालको उपचार गर्नका लागि आउँने गरेका छन् ।
क्यान्सर बिरामीको केन्द्रबिन्दुमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि के कस्ता नयाँ प्रविधि भित्र्याइएको छ ? र जनशक्तिको अवस्था के छ ?
क्यान्सर रोगका लागि प्रयोग हुने प्रायः सबै प्रविधिहरु यस अस्पतालमा उपलब्ध छन् । सुरुमा कुनै व्यक्तिमा क्यान्सर छ वा छैन पत्ता लगाउनु पर्ने हुन्छ । रोग पहिचान गर्नका लागि रेडियोलोजिको अहम भूमिका हुन्छ ।
रेडियोलोजिका लागि चाहिने सम्पूर्ण उपकरणहरु रहेका छन् । उपचारको लागि आधुनिक प्रविधिद्धारा गरिने केमोथेरापी, इमिनो थेरापी लगायत सबैको सुविधा उपलब्ध छ ।
त्यस्तै, क्यान्सरको उपचार गर्दा अप्रेसनको पनि उत्तिकै महत्व मानिन्छ । त्यसका लागि त्यहि अनुसारको जनशक्ति चाहिन्छ । हामीसँग न्युरो, अंको सर्जन र सर्जिकल अंको सर्जनमा पनि १३, १४ बर्ष काम गरेर अनुभवि सर्जन हुनुहुन्छ । त्यस्तै हेड.एण्ड.नेक सर्जन जो धेरै तालिम प्राप्त पनि हुनुहुन्छ । सर्जरीको लागि हामी सँगै धेरै राम्रो टिम छ । जसले गर्दा हामी कुनै पनि सर्जरी गर्नका लागि बिरामीलाई बाहिर पठाउँनु पर्दैन ।
रेडिएसन थेरापीको लागि नेपालकै राम्रो व्यबस्था हामी सँग छ । सबै रेडिएशनमा आइएमआरटी, आइभिआरटि र नेपालमै पहिलो पटक रेडियो सर्जरी हामी गर्दै छौं । एसबिआरटि रेडिएसन यो पनि नेपालमा पहिलो हामीले नै गरेको हो ।
यो सबै हेर्दा नेपालकै राम्रो अस्पताल ‘पूर्वाञ्चल क्यान्सर अस्पताल हो भन्दा फरक नर्पाला ।
नेपालमा नै सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित यस अस्पतालमा उपचार गर्दा खर्च कति लाग्छ र सामान्य परिवारको व्यक्तिले उपचार गर्न सक्छन् ?
कुनै पनि नेपाली क्यान्सर रोगको उपचार गर्नका लागी नेपाल छोडेर बाहिर जान नपरोस भनेर नै यो अस्पताल सञ्चालनमा ल्याएका हौं । पक्कै पनि सरकारी अस्पताल र निजी अस्पतालको उपचार खर्च उस्तै हुदैन ।
नयाँ प्रविधिहरु ल्याएसँगै उपचार खर्च पनि बढ्छ यदि कुनै पनि नेपाली क्यान्सर रोगको उपचार गर्नका लागि भारत जान्छ भने त्यहाँको भन्दा हाम्रोमा उपचार खर्च धेरै सस्तो छ । कुनैपनि संस्थाले भारतकै तुलनामा प्रविधि भित्र्याएको छ भने तुलनापनि भारत सँगै गर्नु पर्यो । नेपालको कुनै पनि नीजी अस्पताल भारतका अस्पतालहरु भन्दा ५० प्रतिशत सस्तो पर्न आउँछ ।
क्यान्सरको उपचार पक्कै पनि जनरल रोगको उपचार खर्च सँग तुलना गर्न मिल्दैन क्यान्सर रोगको उपचार गर्दा त्यहि अनुसारको सामाग्रीहरु चाहिन्छ । औषधिहरु पनि मंहगो नै चलाउनु पर्ने हुन्छ भने सर्जरी गर्दा धेरै लामो हुन्छ । यसले गर्दा पनि क्यान्सरको उपचार गर्दा बढि शुल्क लाग्ने गर्छ । तर भारतमा लाग्ने एक तिहाई खर्च नेपालमा क्यान्सर रोगको उपचार हुने गर्छ ।
यस अस्पतालमा क्यान्सरको उपचार गर्नका लागि यत्ति नै खर्च लाग्छ भन्न सकिदैन कुन क्यान्सर हो कुन स्टेजमा छ र कुन उपचार विधि अपनाइएको छ भन्ने कुराले खर्च निर्धारण गर्छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा भारतिय नागरिक पनि क्यान्सरको को उपचार गर्न आउँछन् भनिन्छ यो कुरा कत्तिकोृ सत्य हो ?
भौगोलिक विविधताले पनि यस अस्पताल पूर्वको बोडरमा पर्छ । पूर्वाञ्चल क्यान्सर अस्पताल आउँनका लागि बोडरबाट १ं८ किलोमिटर मात्र लाग्छ । भारतको बिहार र पश्चिम बेङगोलमा कुनै राम्रो क्यान्सर अस्पताल छैन् । जसले त्यहाँबाट नागरिक यस अस्पताल आउँने गर्छन ।
अहिले लकडाउनले गर्दा त्यहाँबाट बिरामीहरु आउँन पाएका छैनन् नत्र धेरै बिरामीहरु उपचारका लागि आउँने गरेका छन् ।
क्यान्सर उपचारका लागि अन्य क्यान्सर अस्पताल भन्दा पूर्वाञ्चल क्यान्सर अस्पतालमा नै किन जाने ?
पूर्वाञ्चल क्यान्सर अस्पताल अन्य क्यान्सर अस्पताल भन्दा फरक किन त भन्दा यस अस्पतालमा हरेक उपचार एकै छान्नामुनि पाईन्छ । यदि कुनै पनि बिरामीलाई किमो, रेडिएसन, पेटिस्क्यान, एमआरआइ, सिटिस्क्यान वा अप्रेशन नै गर्नु पर्यो भने सबै एकै ठाउँमा गर्न सकिने भएकाले बिरामीहरुलाई निक्कै सहज भएको छ ।
बिरामीको हेरचाहका लागि २४ घण्टा एक जना सहयोगि राखेका छौं र बिरामीको कुरुवाका लागि पनि हामीले बस्ने व्यवस्था गरेका छौं । बिरामीहरुका लागि यस अस्पतालमा यस्तै विभिन्न सेवा उपलब्ध छन् र हामीले विशेष गरि बिरामीको स्वास्थ्यमा मध्यनजर गरेर बिरामी मैत्री वातावरणमा अस्पताल निमार्ण गरेका छौं ।
नेपालमा पछिल्लो समय कुन क्यान्सर रोगको बिरामी बढीरहेका छन् ?
हाम्रो अनुमानमा नेपालमा हरेक वर्ष २० देखि ३५ हजारको हाराहारीमा नयाँ क्यान्सर बिरामीहरु थपिरहेका छन् । हुन त पहिले रोगको पहिचान पनि कम हुन्थ्यो । अहिले त्यो बढेको छ । बदलिदो जीवन शैलीका कारण क्यान्सर बढ्दै गइरहेको पाइएको छ । जस्तो कि मद्ययपान, सूतिजन्य पर्दाको सेवन, जथाभावि खानेकुराहरु खानाले पनि क्यान्सरका बिरामीहरु बढिरहेका छन् ।
अहिले झापाकै कुरा गर्ने हो भने गत वर्ष नेपाल सरकारले विपन्न वर्गका लागि दिने गरेको १ लाख रुपैया गत वर्ष नौ सय जनाले लिएको थियो भने यो वर्ष १४ सय जनाले लिएको छ । यो हेर्दा नै ४ सयले वर्षेनी क्यान्सरका नयाँ बिरामी थपिरहेका छन् ।
यस अस्पतालले क्यान्सर सचेतनाका लागि के कस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ वा कुनै योजन छ ?
यस अस्पताल संचालन गर्ने योजनामा रहदा देखि नै हामीले क्यान्सर सतचेतनाका कार्यक्रमहरु गर्दै आइरहेका थियौं तर जब हामीले यस अस्पताल संचालनमा ल्यायौं ।
कोभिड सुरु भयो जसले गर्दा हामीले क्यान्सर सचेतनाका कार्यक्रमहरु गर्न सकेका छैनौं तर यो स्थिती सामान्य भयो भने सामुदायिक स्तरमै हरेक हप्ता क्याम्प गर्ने योजना तयार गरेर राखेका छौं ।
विपन्न बिरामीहरुका लागि यस अस्सपतालले के के सेवा सुविधा दिइरहेको छ ?
रोग भन्ने कुरा यो धनी छ यसलाई सताउछु यो गरिब छ यसलाई लाग्दैन भन्ने हुदैन । रोग जुनुसुकै बेला जसलाई पनि लाग्न सक्छ त्यसमा पनि क्यान्सर रोग त केहि भन्न सकिदैन । हाम्रो यस अस्पतालमा पनि विपन्न परिवारका बिरामीहरु औषधि गर्नका लागि आएका हुन्छन् । सरकारले विपन्न परिवारका लागि प्रदान गर्ने रकम त छदै छ त्यसले मात्र पुग्दैन । कतिपय अवस्थामा हामीले रेडिएसन पनि सित्तैमा गरेका छौं ।
हामीले धेरै क्यान्सर बिरामी जो आर्थिकरुपले विपन्न हुनुहुन्छ उँहाहरुलाई निशुल्क रुपमा सर्जरी लगायत क्यान्सर निको पार्न लाग्ने सम्पुर्ण उपचार गरेका छौं । हाम्रो नारा नै नेपालीको क्यान्सर उपचार नेपाल मै हुन्छ भन्ने हो ।
अन्तमा आम नागरिकहरुलाई के भन्न चाहानु हुन्छ ?
नेपालमा क्यान्सर रोग बढ्दै गइरहेको छ यसबाट बच्नका लागि जीवनशैलीमा परिर्वतन ल्याउनु पर्यो खानपान लगायत व्यायमहरुमा पनि ध्यान दिनु पर्छ । त्यस्तै सूतिजन्य पर्दाथ सेवन नगर्ने । क्यान्सरको समयमै पहिचान गर्न सके निको हुने रोग हो । शरीरका कुनैपनि अंगमा असामान्य परिर्वतन आउँछ भने जतिसक्दो चाडो चेकजाचँ गर्नु पर्ने हुन्छ ।
आमनागरिकको बुझाई यो छ कि क्यान्सर त निको नहुने रोग हो तर यो गलत हो यदि हामीले समयमै क्यान्सरको पहिचान गर्न सकियो भने पककै पनि कयान्सर रोग निको हुन्छ । हामी कहाँ धेरै जसो तेस्रो वा चौथो स्टेजमा बिरामीहरु आउनु हुन्छ जसले गर्दा उहाँहरुलाई बचाउन सकिदैन । तर ४ वर्ष पहिला भन्दा अहिले क्यान्सर रोगका बारेमा जनचेतना आएको पाईन्छ ।