काठमाडौं- सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले नसर्ने रोगको जोखिम बढाएको सरोकारवालाहरुको भनाई छ । विश्वभर हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनले लगभग ८० लाख मानिसले ज्यान गुमाइरहेका छन् । भने नेपालमा वर्षेनी २७ हजार नेपालीको ज्यान गइरहेको छ । प्रत्येक वर्ष यो संख्यामा वृद्धि हुँदै गएको विज्ञहरुले बताए ।
मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गरिएको कोेभिड – १९ को सन्दर्भमा सुर्तीजन्य पदार्थ र नसर्ने रोग सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । सो गोष्ठीमा सहभागी अधिकांश विज्ञहरुले सुर्तीजन्य पदार्थको प्रयोगले जनस्वास्थ्यमा नराम्रो प्रभाव पारेको बताए । जसले गर्दा नेपाल लगाएत विश्वभर नसर्ने रोगको जोखिम बढिरहेको बताइएको थियो ।
परिषदका प्रमुख कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरु अपेक्षित रुपमा नघटी रहेको अवस्थामा नसर्ने रोगको जोखिम बढ्दै गएको बताए । उनले भने सुर्तीजन्य पदार्थको सेवनले पार्ने प्रभाव बारे जनचेतना जगाउने कार्यलाई संगै अघि बढाइएको छ ।
नेपाल र विश्वमा यसको अवस्था कस्तो छ रु कसरी घटाउन सकिन्छ भन्ने उपायका बारेमा अनुसन्धानात्मक रुपमा केन्द्रीत गरिएको डा प्रदिप ज्ञवाली बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोभिडको – १९ को संक्रमणका बेला सूर्तीजन्य पदार्थ र नसर्ने रोगको जोखिमबारे छलफल गर्नु निकै नै सान्दर्भिक रहेको बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष प्रा डा गौरबराज ढकालले सुर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा निकै हानी पारिरहेको भन्दै यसलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्नेमा जोड दिए
त्यस्तै, उनले सूर्तिजन्य पर्दाथ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य पत्रकारहरुको भूमिका अहम रहेको बताए । उनले सुर्तीजन्य पदार्थ भन्ने वित्तिकै मुटु, क्यान्सर तथा मधुमेह जस्ता रोगहरुमात्रै अगाडी आउने गरेको भन्दै अरु धेरै रोगहरुमा पनि यसको असर देखिएको बताए । उनले भने, ‘मुटु क्यान्सर जस्ता रोगहरु मात्रै होइन सुर्तीजन्य पदार्थ सेवनकर्तालाई स्पाइन सम्वन्धी समस्याहरु बल्झिराखेको हुन्छ । सर्जरी गर्दा घाउ पाक्ने सम्भावना हुन्छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सूर्तीजन्य पदार्थ, नसर्ने रोग र कोभिड १९ को सम्वन्धका बारेमा परिषदसंग मिलेर कार्याशाला गोष्ठी गर्न पाउँदा खुशी लागेको बताए । उनले कार्यक्रमबाट स्वास्थ्य पत्रकारहरुका लागि जवरजस्त इस्यु उठेको भन्दै एनसीडी, सूर्तीजन्य पदार्थको असर, कोभिड–१९ को असरको बारेमा विज्ञबाट धेरै जानकारी मिल्ने समेत बताएका थिए ।
गोष्ठीमा सूर्तीजन्य पदार्थ, नसर्ने रोग, नीतिनियम र कोभिड १९ संगको सम्बन्धको सन्दर्भ पारेर विभिन्न छ जना विज्ञले प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा मेघनाथ धिमालले नेपालमा नसर्ने रोगहरुको स्थिती के छ भनेर राम्रो सँग अध्यनन अनुसन्धान हुन बाकि रहेको बताए ।
उनले भने सूर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगहरुको जोखिम बढेको र कोभिड –१९ ले त्यस्ता व्यक्तिलाई झनै असर गरेको विभिन्न अध्ययनले पुष्टी गरेको छ ।' सूर्तिजन्य पदार्थले मिर्गौलाजन्य रोग (क्रोनिक किड्नी डिजिज) मुटुजन्य रोगहरु (कोरोनरी आर्टरी डिजीज) दम (सीओपीडी) र मधुमेह जन्य रोगहरुबारे नेपालमा गरिएको अनुसन्धानको तथ्य प्रस्तुत गर्दै अवस्था डरलाग्दो भएको बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा। राधिका थपलियाले स्वास्थ्य प्रवर्धन र त्यसमा पनि सुर्तीजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका कार्यहरुको बारेमा उल्लेख गरेकी थिइन ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून कार्यान्वयनमा सूर्ती उद्योगहरुले गरेको अवरोध, चलखेल, र सरकारी तथा नीतिगत तहमै पार्न खोजेको प्रभावको बारेमा बताए । उाले समाजका प्रतिष्ठत कहलिएका व्यक्तिहरु, उच्च राजनीतिक तहका व्यक्तिहरुलाई सुर्ती उद्योगहरुले प्रभाव पार्ने गरेको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थमा कर वृद्धि गरेमात्रै यसको प्रयोगमा कमी आउने समेत जनाकारी दिए ।
।