काठमाडौं । गुन्द्रुकको अचार भन्ने बितिकै कतिको मुखमा त पानी पनि आईसक्यो होला । नेपालीको खाना मध्येको सबैै भन्दा प्रिय परिकारको नाम लिदा सबै भन्दा अगाडि आउछ गुन्द्रुकको नाम । हाम्रो वरिपरि पाइने, मूला, फर्सी, साग आदीलाई छापेर राखेर गुन्द्रुक तयार गर्ने गरिन्छ। गुन्द्रुकलाई तरकारी र अचारको रुपमा समेत खान सकिन्छ। यहाँ गुन्द्रुकको स्वादिलो अचार बनाउने सजिलो तरिका प्रस्तुत गरिएको छ
सामग्री
गुन्द्रुक, हरियो प्याज, धनियाँ, सुकेको खुर्सानी, उसिनेको टमाटर
लसुन, अदुवा भुटेको जिरा, मेथी, नुन, बेसार तेल,
विधि
गुन्द्रुकलाई पानी राखेर भिजाउने।
सबै मसला खलमा राखेर पिस्ने।
उसिनेर राखेको टमाटर पिस्ने।
गुन्द्रुकलाई पानी निचोरेर खलमा राख्ने र थिच्ने।
थिचेको गुन्द्रुकलाई भाँडोमा राख्ने र त्यसमाथि नुन बेसार, मसला, टमाटर सबै राख्ने।
त्यसपछि तेल तताएर अचार झान्ने।