काठमाडौं - मुला स्वास्थ्यका लागी फाइदाजनक छ । मुला काँचै खाएमा वा यसको पातको तरकारी बनाएर खाएमा, हरेक प्रकारका पाइल्सको समस्याका लागी लाभदायक मानिन्छ ।
मिर्गौलाको खराबीले पिशाब बन्न बन्द भएमा मूलाको रस पिएमा फेरि पिशाब बन्न थाल्छ। मूला खानाले मधुमेह भएकालाई पनि लाभ हुन्छ। गर्मीको प्रभाव देखि खट्टी डकारहरू आउँछ भने त एक कप मूलाको रसमा मिश्री मिसाएर पीउने गरेमा फाइदा पुग्छ ।
बनाउने तरीका
सुरुमा मुलालाई सफा पानीले धुने
मुलालाई सानो सानो टुक्रा गरेर काट्ने
३ देखि ४ घन्टा सुकाउने
मसला बनाउने तरिका
सौँफ २ ठुलो चम्चा
मेथि १ ठुलो चम्चा
ज्वानो १ ठुलो चम्चा
जिरा २ ठुलो चम्चा
तोरि ३ ठुलो चम्चा
तेल आधा लिटर
हिङ १ र २ ठुलो चम्चा
रातो खुर्सानी ३ ठुलो चम्चा
कालो नुन १ ठुलो चम्चा
सादा नुन स्वाद अनुसार
बनाउने विधि
सबै मसलालाई हल्का भुट्ने र खस्रो गरेर पिस्ने
तयार पारेको मुलालाई सफा भाडाँमा राखेर तयार पारेको मसलालाई मिसाउने
तेललाई तातो पार्ने र तेल चिसो पारी अचारमा मिसाउने
त्यसमा कलौचि १ चम्चा भेनेगर ३ ठुलो चम्चा मिसाएर सफा सिसिमा राख्ने
अनि सिसिलाई घाममा राख्ने दिनको २ घन्टा १ हप्ता सम्म
सिसिमा तेल अचार डुब्ने गरी राख्नुपर्छ
केहि समयपछि स्वास्थ्य र स्वादिष्ट अचार बन्छ ।