काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको दोसो पटकको मिर्गौला प्रत्यारोपण र प्रत्यारोपण पछिको जटिलता लगायतकमा विषयमा भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्रकी वरिष्ठ मिर्गौला रोग बिशेषज्ञ डा.कल्पना श्रेष्ठसँग महिला स्वास्थ्यकी संवाददाता भागिरथी पण्डितले कुराकानी गर्नु भएको छ । कुराकानीको केहि सम्पादित अंश:
पहिलो मिर्गौला प्रत्यारोपण र दोस्रो प्रत्यारोपण गर्ने प्रक्रृया एउटै हुन्छ । तर दोस्रो पटक प्रत्यारोपण गर्दा बिरामीमा संवेदनशिलता उच्च हुनसक्छ । अर्थात एन्टिबडी गठन हुने सम्भावना धेरै हुन्छ । असाधारण रुपमा उच्च एन्टिबडि लेबल हुन्छ । जसले विदेशी टिस्युहरुमा प्रतिक्रिया दिन्छ । प्रत्यारोपण गर्दा मिर्गौला त्यहि रहेको हुनाले बिकारहरु उत्पन्न भइरहन्छ । त्यस्तो समयमा एन्टिबडिहरुले विदेशी आक्रमणकारीहरुलाई (प्रत्यारोपण गरिएको मिर्गौला) आक्रमण गर्न तयार हुन्छन्। त्यसैले अझै बढि सावधानी अपनाउनुको साथै धेरै टेष्टहरु गर्नुपर्ने हुन्छ ।
संक्रमण हुने सम्भावना
प्रत्यारोपण गरेको व्यक्तिलाई रोगसँग लड्ने क्षमता कम गराउने औषधि सेवन गर्ने दिइन्छ । जसका कारण प्रत्यारोपण गरेको व्यक्तिसँग रोगसँग लड्ने क्षमता एकदमै कम हुन्छ । त्यसैले विभिन्न संक्रमण हुने सम्भावना धेरै हुन्छ ।
दुबै मिर्गौलाले समान काम गर्छ
मिर्गौला दातालाई कुनै पनि हानी नहुने अवस्थामा मात्र मिर्गौला दिन मिल्छ । दाताको दायाँ र बायाँ मिर्गौलाको अवस्था कस्तो छ । दायाँ र बायाँ मिर्गौलाको काम गर्ने क्षमता ५० ५० हुन पनि सक्छ र नहुन पनि सक्छ । दायाँ र बायाँ मिर्गौलाको काम गर्ने क्षमता डिटिपिए गरि पत्ता लगाइन्छ । दायाँ र बायाँ मिर्गौलाले ६० प्रतिशत र ४० प्रतीशत काम गरिरहेको छ भने नियमसंगत दातालाई बढि काम गर्ने मिर्गौला राखी कम काम गर्ने मिर्गौला अरुलाई दिनुपर्छ ।
उमेरले प्रभाव पार्छ
मिर्गौला लिने र दिने व्यक्तिको उमेर सकेसम्म एउटै हुनुपर्छ । मिर्गौलाको जिवन कती हुन्छ त्यसमा निर्भर हुन्छ । युवा व्यक्तिको मिर्गौला लिदाँ राम्रा काम गर्ने सम्भावना त हुन्छ तर दाताको स्वास्थ्यलाई पनि हेर्नुपर्ने हुन्छ । मिर्गौला दिए बापत दातालाई कुनै असर नपर्ने गरी मात्र दिनुपर्ने हुन्छ । त्यसैले बढि काम गर्ने मिर्गौला दातासँग नै हुनुपर्छ र दाता स्वस्थ पनि हुनुपर्छ ।
प्रधानमन्त्री ओली अहिले दोस्रो प्रत्यारोपण का लागी महाराजगन्जस्थित त्रि वि शिक्षण अस्पतालको ६०१ नंको भिभिआईपी क्याविनमा भर्ना भएका छन् । साथै उनलाई मिर्गौला दिने उनकी भान्जी पनि सोहि अस्पतालमा भर्ना भएकी छिन् ।
उनले १२ बर्ष अगाडि भारतको ओपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । भने दोस्रो प्रत्यारोपण नेपालको त्री वि शिक्षण अस्पतालमा नै गर्ने तयारी भइरहेको छ ।