१) मानसिक रोग भन्नाले के बुझिन्छ?
-सहज रुपमा बुझ्ने हो भने येदि दिमागलाई कम्प्यूटर को रुपमा हेर्ने हो भने मानसिक रोगलाई सफ्टवेर को समस्या भनेरे बुझिन्छ। मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । जसलाई साधारण भासमा मानसिक रोग भनिन्छ ।
२) नेपालको सन्दर्भमा मानसिक रोगको को अवस्था कस्तो छ ?
-हामीसँग राष्ट्रियब्यापी रुपको ठुलो इपिड़ोमोलोजिकल सर्भे ( epidomological survey ) हरु चाँही छैन। तर त्यैपनी सानो studies र globaltrend लाई पछ्यौदा चाँही हामी सँग पनि येती छ भन्ने प्रक्षपन छ। येसमा चाँही कम्ती मा पनि २५ प्रतिसद जनसंख्यालाई कुनै न कुनै रुपमा मानसिक रोगले ग्रसित पारिरहेको छ र उनिहरुलाई उपचार को आवश्यक छ।
३) कुनै व्यक्ति मानसिक रोगी हो भनि कसरी थापाउने ?
- हाम्रो दिमाग ले जती काम गर्छ त्यो कुनै पनि व्यबहार पक्षमा अस्वोभाभिक रुपमा बढी अथवा घटी भाईरख्यो र त्यो लक्ष्णले गर्दा खेरी दैनिक कामकाज, सम्बन्ध, जिम्मेवारिमा असर पर्न थाल्यो भने त्यो अवस्थालाई हामी मानसिक रोग भनेर बुझ्न सक्छौ । त्यस्तै चिन्ताग्रस्त हुनु , ध्यान एकाग्र गर्न नसक्नु, मन बेखुश हुनु र नियन्त्रण गर्न नसक्नु, निन्द्रामा गडबडी हुनु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, दैनिकी बिथोलिएर अप्ठेरो अवस्था आउनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, बिना कारण डरलाग्नु, आफुमात्र ठीक अरु सबै बेठीक भन्ने लाग्नु आदि भएमा मानसिक समस्याका खतरा सूचक लक्षण हुन् । मानसिक रोग तब भन्छौ जब कारणहरु भेटाउदैनौ
४) महिला र बच्चालाई मानसिक रोग लाग्ने सम्भावना कत्तिको हुन्छ? बच्चाहरुलाई मनसिक पिडा हुनुमा अभिभवाक को के कस्तो भूमिका हुन्छ ?
- महिला : हुन त सबैलाई मानसिक रोग लग्ने सम्भावना छ। कसलाई बढी कसलाई कम भन्ने हुँदैन। तर कुनै कुनै रोग चाँही कसैलाई बढी हुने गर्छ। जस्तै महिलालाई बढी हुने रोगमा पर्छ depression (डिप्रेशन ), चिन्ताको रोग इत्यादी धेरै हुन्छ ।
बच्चा : हाम्रो समाजमा चाँही बच्चालाई के ( टेन्सन ) tension उसलाई किन रोग लाग्छ र भन्ने सोच छ तर त्यो एकदमै गलत छ किनभने मानसिक रोग लाग्नेलाई तनाब नै चाहिन्छ भन्ने छैन। बिना तनाब कसैलाई सबै पुगिराखेको बेला पनि मानसिक रोग लाग्न सक्छ। तेसैले बच्चाहरुलाई नि यो रोग लाग्न सक्छ । मानसिक रोग लग्नु को अर्को महत्वपूर्ण कारण बातावरण पनि हो। (छुटीयको परिवार ) Broken families, परिवार म झैझगडा हुने, तेसैगरी बच्चाहरुलाई सुरक्षा नमिल्ने, (बिश्वास नहुने ) Trust isssue हुने, आफ्नै आफन्तहरुले पनि उसलाई abuse गर्ने, सधैं तर्सैराख्ने तेस्तोमा बच्चाहरुको रोगहरु एकदमै बढ्ने हुन्छ। रोग लाग्नु र रोग बाट बचाउनु दुइटैमा परिवार र बिद्यालयको एकदमै ठुलो हात छ। ठ्यक्कै कसरी ठीक पार्ने भनेर उपाये नभएे पनि तर सामान्य रुपमा बच्चाहरुलाई खुशी पारेर, उसको आधारभूत आबसेक्ता ( Basic needs ) पुरा गरेर, सुत्ने खाने बनिबेहोरमा सहयोग गर्ने, उस्को कुरा सुनेर हामीहरुले उनिहरुको केही हदसम्मा मद्घत गर्नसक्छौ।
५ ) पानीसँग डर लाग्ने, हाईटसँग डर लाग्ने के यो मानसिक रोग हो?
- पानी सँग डर लाग्ने, हाईट सँग डर लाग्ने के यो मानसिक रोग हो पनि एउटा मानसिक रोग नै हो। डर भन्ने हाम्रो दिमागको काम हो। डर भनेको अब केही भयो भने This is danger भनेर बज्ने alarm जस्तो हो। कसैकसैलाई चाँही अस्वाभाबिक रुपमा नचाहिने नचाहिने समयमा बज्छ। उसलाई पानी थाहाहुन्छ डराउन पर्दैन भनेर तर पनि उसलाई साह्रै डर लाग्छ।
६ ) प्रविधिको बिकाश संगसंगै आएक रोगहरुको प्रभाब मानसिक्तामा कतिको हुन्छ ?
- अहिले आएर इन्टेरनेटको रोघहरु नयाँ नयाँ आएको छ। यो addiction disorder भन्ने कुराहरुमा ठुलो विवाद चलिरहेको छ। internet Gaming Disorder त established नि गरीसक्यो। अरु कुराहरु चाँही विवादित नै छन। जसरी खाना धेरै खायो भने तेसबाट रोग हरु उत्पन्न हुन्छन् भने जस्तै ईन्टरनेट पनि सही ढंगले उपयोग गरेन भने तेसबाट समस्या आउछ आउछ र आमाबुवाहरुले पनि यो stage येति मात्रै खेल्न दिने भनेर सचेत रहनुपर्छ। बच्चाहरुले Non Essential Time म पनि फोन, Laptop प्रयोग गरेर दैनिक कामहरुमा असार गर्न थाल्यो भने अभिभावक सचेत रहने।
७) मानसिक रोगका कारणहरु के के हुन ?
-मानसिक रोगका मुख्य तीन तत्व हुन्छन् । एउटा जैविक, अर्को समाजिक अनि मनोवैज्ञानिक । जैविक कारण भनेकै हाम्रो शरीरको रसायनिक प्रकृया हो । रसायनले गर्दा मष्तिष्क र मनमा गडबड भएमा यो रोग लाग्छ । अर्को हाम्रो समाजिक व्यवहार हो । अनि चेतन अवचेतन अवस्थामा हुने मनोवैज्ञानिक प्रतिक्रिया पनि हो । मानसिक रोग पनि अरु रोगहरु जस्तै हो । रोग बढाउने तत्व बढे यो रोग बढ्छ र घटेमा यो रोग घटछ । मानसिक रोगमा उपचार मात्र नभई रोगको म्यानेजमेन्ट पनि प्रमुख हुन्छ ।
८ ) मानसिक रोगमा अभिभावक तथा समाजको भूमिका कस्तो हुन्छ ?
-मानसिक रोग लाग्दैमा आत्तिनुपर्दैन । समाजमा रोग नभएको मान्छे सायदै होलान् । यसैले मनोरोग लागेको व्यक्ति र तिनको परिवारलाई हेलाहोचो गर्नुहुँदैन । बिरामीलाई होच्याउनु, अवसरबाट वञ्चित गराउनुहुँदैन । मनोरोगीहरुलाई पेशामा, समुदायमा, राज्यमा सबैतिर विभेद छ । विभेद हटाउन परिबारबाटै सुरु गर्नुपर्छ । त्यस्तै
-सबैभन्दा पहिले depression भन्ने रोग पनि छ भनेर जान्ने।
- सङ्का लागेमा बिग्यको मा जाने।
दाँया बाँया अन्धबिश्वास मा लागेर समय बर्बाद नगर्ने।
- Psychatrist को मा जान नलजाउने
(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यसँग गरेको अन्तर्वातामा आधारित)