- डा. प्रदिप पाण्डे
काठमाडौं - हामी सबैलाई केही कुराको लत हुन सक्छ। तल जे केहि को हुनसक्छ जस्तै खानेकुरा देखी लिएर, व्यवहारसम्मका लतहरु हुनसक्छन् । यस्ता किसीमका कुनै पनि लतले आफुलाई समस्या हुने गर्दछ भने यसलाई नियन्त्रण गर्नु जरुरी हुन्छ ।
लत एउटा यस्तो अवस्था हो जसमा व्यक्तिले बिभिन्न पदार्थहरु जस्तै रक्सी, सुर्तिजन्य चिज, गाजाको प्रयोग गर्छन या जुवा तासमा सक्रिय हुन्छन। यस्ता लतहरु हानिकारक हुन तर बारम्बार यस्ता कार्यहरु गरेमा व्यक्तीलाई प्रोत्साहन दिने गर्दछ। पारीणाम स्वोरूप व्यक्तीले त्यस्ता व्यवहार या लतलाई दोर्याइरहने गर्दछन।
वैज्ञानिक अनुसन्धानका अनुसार लत बस्नुको पछाडि न्युरोलोजिकल विशेषता हुने गर्दछ। त्यस्ता पदार्थ र व्यवहारले दिमागको पुरस्कारको मार्ग लाई अत्यन्त सक्रिय गर्दछ, धेरैमा डोपामाइन नामक न्युरो ट्रान्समिटरको भूमिका हुने पाइएको छ। जसले गर्दा व्यक्तीले त्यही व्यवहार दोहोर्याउने, त्यही पदर्थको सेवन गर्ने गर्दछन र अन्त्यमा त्यस्लाई लतको रुपमा बिकास गर्दछन।
लक्षण
लतजन्य कार्य तथा पदार्थको प्रयोगको मात्रा र समयमा वृद्दि हुनु
त्यही कार्य गर्न या पदार्थ सेवन गर्ने अत्याधिक इच्छा हुनु र त्यसैको बारे सोचेर धेरै समय खर्चिनु
त्यस्ता पदर्थको प्रयोग र कार्यले अरु क्षेत्र जस्तै काम, बिद्यालय र घरको कामकाजमा अवरोध ल्याउनु
महत्वपूर्ण समारोह जस्तै सामाजिक भेला, कार्यालयको भेला, मनोरञ्जनात्मक कार्यक्रमहरुमा कम सामेल हुनु या हुँदै नहुनु
लतको बारेमा खुलेर कुरा नगर्नु या त्यस्ता कुरालाई गुप्त राख्नु
हुलिया र हाउभाउमा ठुलो परिवर्तन आउनु
लतले गर्दा परिवार तथा साथीभाइसँगको सम्बन्धमा समस्या आउनु
लतले निम्त्याउन सक्ने शारीरिक, मानसिक तथा सामाजिक समस्या बारे जान्कार हुनु र त्यस्लाई छुटाउने प्रयास गर्नु
त्यस्ता पदर्थको प्रयोग तथा कार्यको लागि जस्तोसुकै जोखिम पनि उठाउनु
कारणहरु
लत हुनुको पछाडि एउटा बिशेष कारण छैन । यसमा बिभिन्न कारणहरुले भूमिका खेल्ने गर्दछन। अनुसन्धानहरुको अनुसार यसमा जैविक कारक जस्तै जीन र लिङ्गको डोपामाइन न्यूरोट्रान्समिटरको मस्तिष्कमा रिसेप्टरको सख्या जिनले निर्धारण गर्ने गर्दछ, शरीरप्रतिको हर्मोनल जवाफले पनि यसमा योगदानन पुर्याउने गर्दछ। साथै पुरुषमा लतमा फस्ने सम्भावना बढी देखिने गरेको छ।
मनोवैज्ञानिक कारक जस्तै व्यक्तित्व र मानसिक आघातकोको अनुभवले पनि यसमा योग्दान पुर्याउने देखिएको छ।
वातावरणीय कारक जस्तै पारिवारिक सम्बन्ध, साथीसंगत तथा लतजन्य पदार्थको पहुँचको पनि यसमा ठुलो भूमिका हुने गरेको पाईन्छ।
कसरी पत्ता लगाउने ?
लत भएको अवस्थामा व्यक्तीको हावभाउ, बानी व्यवहार आदी हेरेर पनि निदान गर्न सकिन्छ। प्रायजसो चिकित्सकले बिरामीसँग त्यस्ता पदार्थको प्रयोग तथा व्यवहार सम्बन्धी प्रश्न गरेर निर्णय लिने गर्दछन। मुख्यतय यस अन्तर्गत प्रयोगको आवृति त्यसले जीवनमा ल्याएको उथलपुथल र हानी, प्रयोगको मात्रामा घट्बढ के कस्तो छ, लतले पेसागत, सामाजिक तथा व्यक्तिगत जीवनमा ल्याएको समस्याहरु आदी कुराहरुको अध्ययन गरिने गर्दछ। यस बाहेक कुनै अवस्थामा हेल्थ हिस्ट्रि र मनोवैज्ञानिक अध्ययनबाट पनि यसको निदान गर्न सकिन्छ।
उपचार
लतको उपचार सम्भव छ तर यसको प्रकृया लामो हुने गर्दछ। यसको निवारन भिन्न भिन्न भागमा हुने गर्दछ जस्तै कुनै पदार्थको प्रयोगको मामिलामा डिटॉक्सिफिकेशन अनिवार्य हुने गर्दछ, त्यसपछी उपचारलाई सहज बनाउन औषधिको प्रयोग र त्यो दौरान बिरामीको मनोबल बढाउन काउन्सलिङ को पनि प्रयोग गरिने गर्दछ। यसका साथै मनोचिकित्सा, परिवार थेरापी, समूह थेरापी आदिको पनि प्रयोग गर्न सकिन्छ।