काठमाडौं- यो सबैलाई थाहा भएकै कुरा हो कि धूम्रपान मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । त्यसमाथि पनि धुम्रपान गर्ने महिला गर्भवति छिन् भने उनको पेटमा हुर्कँदै गरेको बच्चालाई पनि त्यसको असर पर्ने हुनाले गर्भवती महिलाले धूम्रपानको लत तत्कालै छोड्नु आवश्यक हुन्छ ।
आफुले सेवन गर्ने धूम्रपानले पेटको बच्चालाई कस्तो असर पुग्छ भन्ने जानकारीको अभावमा गर्भवती महिलाहरु धूम्रपानको लतबाट बाहिर निस्कन सकेका हुँदैनन् ।
कसरी गर्भवती महिलाले धुम्रपान गरे बच्चालाई कस्तो असर पर्छ ?
धूम्रपानले गर्भवती महिलाको पेटमा हुर्कँदै गरेको सन्तानमा पर्याप्त मात्रामा अक्सिजन पुग्न सक्दैन र स्वासप्रश्वासको समस्या देखिन सक्छ ।
धूम्रपानले गर्भमा रहेको सन्तानको मुटुको धड्कनमा समस्या पर्छ । मुटुको चालमा असर पार्छ । गर्भ तुहिनुको साथै मृतसन्तान जन्मने सम्भावना बढी हुन्छ ।
त्यसको विकासमा अवरोध पुर्याउँछ ।
चुरोटबाट निस्कने धुवाँ फोक्सोमा जम्मा हुदै जान्छ ।
समय अगावै सन्तान जन्मने तथा कम तौल भएको सन्तान जन्मन सक्छ ।
अंगभंग भएको बच्चा जन्मन सक्छ ।
तौल वृद्धिमा रोकावट हुन्छ ।
रोग प्रतिरोधी क्षमतामा ह्रास हुन्छ ।
सुस्तमनस्थितिको बच्चा जन्मन सक्छ ।
यसले फोक्सोलाई असर गर्दछ ।
जसले भविष्यमा फोक्सोको क्यान्सर निम्त्याउन सक्छ ।