काठमाडौं- करेलाको गुण नै तितो हुने भएकाले प्रायः व्यक्तिले खान गाह्रो मान्ने गर्छन् । तर स्वास्थ्यको दृष्टिले यो अत्यन्तै महत्वपूर्ण तरकारी हो । करेलालाई विभिन्न परिकार बनाएर त्यसको तितोपनालाई कम गर्न सकिन्छ ।
प्रायः मानिसहरुले करेलालाई तेलमा फ्राइ गरेर खाने गर्छन् । यसरी खाँदा करेलामा भएको पौष्टिक तत्व नष्ट हुने र शरीरलाई आवश्यक भन्दा बढी तेल खाइन्छ ।
करेलालाई उसिनेर अचार बनाउँने, पानी राखेर झोलिलो बनाउँने, पकौडा बनाएर र अन्य तरकारीमा मिसाएर पनि खान सकिन्छ ।
करेलाको परिकार यसरी बनाउँदा पौष्टिक गुण नष्ट हुँदैन । साथै खाँदा पनि स्वादिष्ट हुन्छ । करेला स्वादका लागि मात्र नभई औषधिका लागि पनि खानु पर्ने हुन्छ ।
आयुर्वेदका अनुसार, करेला शितल किसिमको खाद्य बस्तु भएकाले गर्मीयाममा करेला खानु निकै लाभदायक मानिन्छ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत्त गर्छ ।
करेला खादा स्वास्थ्यमा पुग्ने फाइदाः
करेलामा पाइने फस्फोरसले शरीरको कफ निकाल्न सहयोग गरी आराम पु¥याउँछ ।
पाचनशक्ति बलियो बनाउनुका साथै भोक जगाउँछ,
झाडा बान्ता, हैजा भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खादा पनि आराम मिल्छ,
डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी लाभदायक हुन्छ,
यसले शरीरमा भएको चिनीको मात्रालाई नियन्त्रित गर्न सहयोग गर्छ,
करेला खाने गर्नाले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग पुग्छ,
मेथी र करेला स्वभावैले तीतो भए पनि यसबाट पाइने लाभ निकै महत्वपूर्ण छन् । जुनसुकै खाद्य वस्तुहरु खाने बानी परे पछि मिठो लाग्दै आउने हुन्छ । यी बस्तुहरुमा औषधीय गुणहरु रहेका छन् । त्यसकारण यी खाद्य वस्तुमा रहेको तितोपनले स्वास्थ्य राम्रो हुन्छ भन्ने विचार ल्याएमा त्यो तीतोपन मिठोपनमा बदलिन्छ ।
बालबालिकालाई मात्र होइन यी खाद्यवस्तुहरु बयस्क लगायत सवै उमेर समूहका मानिसका लागि उपयोगी छन् । त्यसकारण बजारिया खानाहरु भन्दा यस्ता खाद्य वस्तुहरुको उपयोगमा ध्यान दिन आवश्यक छ । साथै स्वास्थ्य र कृषि मन्त्रालयले पनि अभियानकै रुपमा यस्ता खाद्य वस्तुहरुको प्रयोगका लागि चेतना अभिबृद्धि गर्न आवश्यक देखिन्छ ।