काठमाडौं - तिते करेला खाँदा जति तितो हुन्छ त्यत्ति नै स्वास्थ्यका लागि लाभदायक पनि छ । करेला तितो हुने भएतापनि धेरैजसो मानिसले मन पराउने गर्छन् ।
करेलालाई तरकारी मात्रै नभई घरमा नै अचार बनाएर पनि खान सकिन्छ । तितो करेलाको अचार पनि स्वादिष्ट हुन्छ भन्ने जो कसैलाई थाहा नहुन सक्छ । अचार बनाउदाँ करेलाको तितोलाई कम गरेर बनाइन्छ । त्यसपश्चात अचार स्वस्थ र स्वादिष्ट हुन्छ ।
स्वादिष्ट करेलाको आचार बनाउन करेला, रातो खुर्सानी, हरियो धनियाँ, प्याज, बेसार, मेथी, धुलो खुर्सानी, अमिलो, तेल, भुटेर पिसेको जिरा, नुन र भुटेर पिसेको तिल आवश्यक पर्छ ।
कसरी बनाउने स्वादिष्ट अचार ?
सुरुमा करेलालाई पानीमा उमाल्ने । उमालेपछि तितो पनि कम हुन्छ। करेला उमालेर एउटा भाँडोमा राख्ने । करेलामा माथि उल्लेख गरिएका मरमसला सबै राख्ने ।
त्यसपछि तेल तताएर मेथि, खुर्सानी र बेसार फुराएर अचारमा झान्ने। त्यसपछि हेरियो धनियाँ राखेर राम्ररी चलाउने ।
त्यसको केहि समयपश्चात तपाईले सोचे अनुसारको स्वादिष्ट करेलाको अचार तयार हुन्छ ।