काठमाडौं - सुरक्षित तरिकाले गरिने गर्भपतनबाट हुने खतरा सामान्य रूपमा सुत्कुरी हुने बेलाको खतरा भन्दा कम हुन्छ ।
तालिम प्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीबाट गराइएको गर्भपतन सुरक्षित हुन्छ । त्यस्तै उपयुक्त औजार साधनको प्रयोग गरेर गरिएको गर्भपतनलाई पनि सुरक्षित मानिन्छ । गर्भपतन सफासगँ गरिएमा योनि तथा पाठेघरमा संक्रमण गर्न जीवाणुको प्रवेश हुदैन ।
गर्भ रहेको तीन महिनाभित्र (१२ हप्ता) गर्भपतन गराउनुलाई पनि सुरक्षित गर्भपतन मानिन्छ ।
निम्नलिखित किसिमले गर्भपतन गराउनु असुरक्षित हुन्छ ः
ज्ञान र सीप नभएका व्यक्तिबाट गराएमा,
उपयुक्त औषधि र औजारको प्रयोग नगरी अरु गलत वस्तुको प्रयोग गरेमा,
फाहोर ठाउँमा फोहोर तरिकाले गर्भपतन गराएमा,
गर्भपतनको सुविधा नभएको अस्पतालमा गराएमा ।
असरक्षित गर्भपतनका कारणबाट हुने मृत्यु
अनिच्छित रूपमा गर्भ रहन गएमा जुनसुकै उपाय अपनाएर भए पनि गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने महिलालाई लागेको हुन सक्छ । जुनसुकै तरिकाले भएपनि गर्भपतन गराउँछु भनि तल दिएको तरिका अपनाउन हुदैन । यी एकदमै खतरनाक हुन्छन ।
कुनै पनि किसिमका धारिला वा तिखा वस्तु , जस्तै लठ्ठी, तार, प्लास्टिक ट्युब आदि योनि तथा पाठेघरमा पसाउन हुदैन । यस्ता सामाग्रीहरु पसाइयो भने पाठेघर छेडिएर अत्यधिक रगत बग्ने, संक्रमण हुने जस्ता समस्या आइपर्न सक्छन ।
कुनै पनि किसिमको जडिबुटि वा बिरुवा योनि वा पाठेघरमा पसाउन हुदँैन । यसो गर्दा पोल्ने, घाउ हुने, संक्रमण हुने, रगत बग्ने जस्ता समस्या आउन सक्छन ।
कनै पनि किसिमका रँगाउने, सफा गर्ने वस्तु साबुन, खरानी, मट्टीतेलजस्ता वस्तु योनि वा पाठेघरमा राख्ने वा खानुहुदैन । पेटमा आफैले वा अरुले हान्ने, आफै भ¥याङबाट लड्ने जस्ता कार्य गर्नुहुदैन । गरियो भने गर्भपतन हुनुको सट्टा आन्तरिक चोट लाग्ने, रक्तस्राव हुने जस्ता नराम्रो परिणाम भोग्नुपर्ने हुन सक्छ ।