कोरोना भाइरस (कोभिड १९)को खोप लगाएका केही महिलाहरूमा महिनावारी ढिला हुने वा धेरै रक्तस्राव हुने गरेको छ। के यो चिन्ता लिनुपर्ने विषय हो लगायत महिनावारी र कोभिड खोपसँग सम्बन्धितरहेर इम्पेरियल कलेज लन्डनकी रिप्रोडक्टिभ इम्युनोलोजिस्ट डाक्टर विकि मेलसँग गरिएको कुराकानिको केहि अंश
१. कोभिड १९को खोप लगाएका केही महिलाहरूमा महिनावारी ढिला हुने वा धेरै रक्तस्राव हुने गरेको छ। के यो चिन्ता लिनुपर्ने विषय हो ?
कोभिड १९को खोप लगाएपछि महिनावारीमा केहि फेरबदल भएको छ भने पनि जिवनभर यस्तै होला कि भनेर चिन्ता लिनुपर्ने बिषय होइन् ।
२.के कोरोना खोपले महिनावारीमा परिर्वतन ल्याउन सक्छ ?
यसको जवाफ अहिलेसम्म ठ्याक्कै थाहा छैन तर धेरै मानिसहरुले फेरबदल भएको बताउँदै आएका छन् । धेरैले भन्दै आएको मुख्य कुरामा नियमित भन्दा अत्याधिक रक्तस्राव भएको वा महिनावारी अति ढिला भएको भन्ने छ । हामिलाई थाहा छ कि अन्य केहि खोप लगाएपछि महिनावारीमा थोरै फेरबदल हुन्छ । ति खोप लगाएपछि एक वा दुईपटक महिनावारीमा मात्र त्यस्तो परिर्वतन रहन्छ ।
३. खोपले महिनावारीमा किन असर गर्न सक्छ ?
हामिलाई थाहा छ प्रतिरक्षा प्रणालीले सेक्स हर्मोनहरुलाई असर गर्छ । र सेक्स हर्मोनले प्रतिरक्षा प्रणलीलाई असर गर्छ । सेक्स हर्मोले नै महिनावारी गराइरहेको हुन्छ । त्यसकारण यदि हामिले खोप लिएका कारण वा कुनै किसीमको संक्रमण भएको कारण प्रतिरक्षा प्रणलीलाई ठुलो झट्का दियौ भने हर्मोनमा परिर्वतन आएको देख्न सकिन्छ र त्यसले महिनावारीमा किन र कसरी भन्ने निश्चित गर्छ । अन्य सम्भावना भनेको पाठेघरको सतहमा थुप्रै प्रतिरक्षा कोष हुन्छन् । एउटा सम्भाबना के भने खोप लगाएका कारण प्रतिरक्षा प्रणाली सक्रिय हुदाँको असरले यस्तो भएको हुनसक्छ । वा सामान्य बिरामी पर्दा पनि त्यसले महिनावारीलाई असर गरेको हुनसक्छ ।
४. के यसका दिर्घकालिन असरहरु छन् ?
यसका दिर्घकालिन असरहरु छैन । यस्तो भयो भनेका धेरैजसो महिलाहरुले केवल एक महिनाका लागी त्यस्तो भएको बताएका छन् । भने केहिले दुई महिनाका लागी परिर्वतन भएको बताएका छन् । मानिसहरु यसबारे चिन्तित भएको अन्य कारण चाहि उनिहरुले सोच्छन् ओहो महिनावारी परिर्वतन आउँदा कतै त्यसले मेरो प्रजन््न क्षमतामै ह्रास आउँछ कि भन्ने सोच्न सकछन् । तर हामलिाई अन्य खोप अनुभवबाट के थाहा छ भने त्यसले महिनावारीमा छोटो समयमा लागी असर गर्छ । त्यसले प्रजनन् क्षमतामा कुनै असर पार्दैन ।
बीबीसीले तयार पारेको भिडियोबाट साभार