काठमाडौं - बाल भिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वहरुको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ । बाल भिटा खानामा मिसाएर खुवाइन्छ । बाल भिटा ६ महिना पुरा भए देखि २ बर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ ।
बाल भिटा घरमा तयार पारिएका खानेकुरा (जाउलो, लिटो, मिचिएको दाल, भात) सजिलैसँग मिसाएर खुवाउन सकिन्छ । बाल भिटा मिसिएको खानाको स्वाद, गन्ध तथा रंगमा कुनै परिर्वतन आउदैँन ।
बाल भिटामा आइरन लगायतका खनिजतत्वहरु उपलब्ध हुने भएकाले रक्तअल्पना हुनबाट जोगाउँछ । ६ महिनादेखि २ बर्षसम्मका बालबालिकालाई हरेक ६ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु सुक्ष्म पोषक तत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्छ ।
६ महिनादेखि २ बर्षसम्मका बालबालिकालाई खुवाउने बहु सुक्ष्म पोषक तत्वको मिश्रण भएको प्याकेटमो मात्रा कुल १८० हुन्छ ।
बाल भिटा खुवाउँदाका फाइदा
दिमागको विकास
शरीरको वृद्धि विकास
रोगसँग लड्ने क्षमताको विकास
खाना खाने रुचिमा वृद्धि
रक्तअल्पता तथा अन्य सुक्ष्म पोषक तत्वहरुको कमिले हुने विकृती कुपोषणबाट जोगाउन
बाल भिटाले बालबालिकालाई चनाखो र दरिलो बनाउँन
बाल भिटा प्रयोग गर्ने तरिका
सानो चिन्ह भएको ठाउँबाट काट्ने
पुरै प्याकेट खनाउने
राम्रोसँग खानामा मिसाउने
बाल भिटा बालबालिकाले खाने चार समुहका खानेकुरा मिसाएर बनाएको जाउलो, राम्ररी मिचेको खानेकुरा, लिटो जस्ता साविक रुपमा खाने नरम खानामा मिसाएर खुवाउनुपर्छ ।
एक दिनमा एउटा बच्चालाई एक पुरिया मात्र बाल भिटा खुवाउनुपर्छ ।
बाल भिटा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
बालबालिकालाई खाना खुवाउनु अघि साबुन पानीले राम्ररी हात मिचि मिचि धुनुपर्छ ।
बालबालिकालाई ६ महिना पुरा भएदेखि २ बर्ष नपुगेसम्म हरेक ६ महिनाको अन्तरालमा ६० पुरिया बाल भिटा खुवाउनुपर्छ ।
तातोमा नमिसाउने
झोल पदार्थमा नमिसाउने
भाग नलगाउने