काठमाडौं- ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सम्पुर्ण रोगहरुको उपचार गर्ने एक बिश्वासिलो र भरपर्दो थलो बनिसकेको छ । त्यस माथि पनि कोरोना कहरको समयमा यस अस्पतालले सबैका लागि एक उदाहरणिय काम गर्यो ।
त्यस्तै, पाटन अस्पतालमा पछिल्लो समय क्यान्सर रोगको उपचारका लागि पनि प्रख्यात बन्दै आइरहेको छ । क्यान्सर जस्तो जटिल र खर्चालु रोगको उपचारका लागि नीजी अस्पतालको मात्र मुख ताक्ने प्रवित्तिलाई झुटो साबित गर्दै अब सरकारी अस्पतालमै क्यान्सरको सफल उपचार गरिन्छ भन्ने विषयलाई झल्काएको छ ।
बिगत २ बर्ष देखी पाटन अस्पतालमा क्यान्सर वार्ड संचालन भईरहेको छ। सुरूवाती समय देखिका मेडिकल अंक़ोलोजिस्ट डॉक्टर अरुण शाहीको टिमले क्यान्सर बिरामीहरूको उपचार बिश्व स्तरीय ढाँचामा सुलभ खर्चमा गरिरहेका छन‘।
सो अस्पतालमा क्यान्सर सेवा संचालनमा आएको २/३ महिनासम्म खासै बिरामी नआए पनि हाल दैनिक १५/१६ जना उपचार गर्न आउँने डा शाहीले बताए यस अस्पतालमा क्यान्सर परिक्षणका लागी आउने बिराममिध्ये एक हप्तामा २/३ जना क्यान्सरका नयाँ बिरामी पहिचान हुन्छ । उनि भन्छन्, 'क्यान्सर उपचार सञ्चालनमा आएको दुई बर्षको अवधिमा पन्ध्र सय भन्दा बढि क्यान्सर बिरामीहरुले यस अस्पतालबाट सेवा लिइसकेका छन् ।'
डा शाही भन्छन्, 'दुई वर्ष अघि संचालनमा आएको क्यान्सर उपचारमा हाल दैनिक १५/१६ जनालाई गुणस्तरिय सेवा दिइरहेका छौं । कति मानिसहरुमा सरकारी अस्पतालमा पनि क्यान्सरको उपचार राम्रो हुन्छ भन्ने सोच्छन् ।, यस अस्पतालले सरकारी अस्पतालमा पनि क्यान्सरको उपचार राम्रो हुन्छ भन्ने साबित गरेको छ।'
क्यान्सर उपचारका लागी नीजी अस्पताल र सरकारी अस्पतालमा उपचार खर्चमा धेरै फरक हुन्छ। सबै बिरामीहरु नीजी अस्पतालमा उपचार गराउन सक्ने हुदैँनन्। त्यसैले,आर्थिक रुपमा कमजोर भएका बिरामीहरुलाई सहज रुपमा उपचार उपलब्ध गराउन सरकारी अस्पतालमा क्यान्सरको उपचार थालनी गरिएको उनले बताए।
यस अस्पतालमा हाल क्यान्सरको उपचारमा धेरै राम्रो कामहरु भइरहेको छ,जसले गर्दा बिरामीहरु उपचार प्रति संतुस्ट र आकर्षित भएका उनले बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अमेरीकाको म्याक्स फाउन्डेसनसँग समन्वय गरेर विगत २० वर्षदेखि केही क्यान्सर रोगको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । रगत, फोक्सो, मिर्गौला,लगायत क्यान्सरको उपचारमा प्रयोग हुने विभिन्न आठ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको उनले बताए । जसले गर्दा बिरामीको उपचार खर्चमा धेरै राहत मिलेको छ । धेरै जसो बिरामीहरु त क्यान्सरको पहिचान भइसकेर अस्पतालमा औषधि उपचार सेवा लिन आउँने गरेको उनले बताए ।
डा. शाहि भन्छन् 'सरकारी अस्पतालमा यति सेवा सुविधा हुदा हुदै पनि बिरामीहरु नीजी र बाह्य देश धेरै पैसा खर्च गरेर जान चाहान्छन ।, यदि यस समस्यालाई सरकारका व्यवस्थापन गर्न सक्यो भने नीजी अस्पतालकै जस्तो समयमा सरकारी अस्पतालहरुमा पनि उपचार सेवा दिन सकिन्छ ।'
क्यान्सर उपचारका लागि यस अस्पतालमा रेडियसन ओंकोलोजि गर्ने मेशिन र बोनम्यारो प्रत्यारोपण गर्न साधन मात्र छैन । अरु सबै क्यान्सरको उपचार गरिहेका छौं', उनले भने ।
डा.शाहि भन्छन्, 'अझै पनि अस्पताल आउँने बिरामीहरु मध्ये केहिलाई त क्यान्सर भनेको के हो त्यो नै थाहा नै छैन उनिहरु सोच्छन कि क्यान्सर भनेको भयावह रोग हो यो लागेपछि मरिहालिन्छ ।, यो सबै जनचेतनाकै कमीले गर्दा हो ।, हाम्रो समाजमा क्यान्सर रोग समयमै पहिचान गर्न सके निको हुन्छ र यसको उपचार अब नेपालकै सरकारी अस्पतालहरुमा पनि सम्भव छ भनेर जनचेतना जगाउँन धेरै आवश्यक देखिन्छ।'
नेपालमा सबैभन्दा बढिमा देखिने क्यान्सर भनेको फोक्सो क्यान्सर हो । त्यस्तै महिलामा बढि देखिने क्यान्सरमा भने पाठेघर मुखको क्यान्सर हो तर रेडियोथेरापी मेसिन नभएकाले पाठेघरको मुखको क्यान्सरका बिरामीहरुको संख्या कम रहेको र फोक्सो, पित्तथैलि, ठुलो आन्द्रा मृगौला र पेटको क्यान्सरका बिरामी धेरै रहेको डा. शाहिले बताए ।
प्राय:मानिसहरुलाई रोग लाग्ने भनेको चालिस वर्ष पछि मात्र हो त्यसै गरि धेरै क्यान्सरहरु त्यति नै उमेरमा लाग्ने गरेको देखिन्छ त्यसैले चालिस वर्ष पछि स्क्रििनिङहरु गर्नु आवश्यक हुन्छ ।'
क्यान्सर बिरामीहरु मध्ये धेरै ५० वर्ष माथिका नै छन् । उनले भने, 'सानो उमेरमा कयान्सर देखिने भनेको मुखको क्यान्सर हो सानै उमेरबाट चुरोट, सूर्ति जस्ता कुलतमा परेर मुख क्यान्सर हुने गरेका छ ।'
सबै बिरामीहरु नीजी अस्पतालमा महगो उपचार सेवा लिन जान सक्ने हामी नेपालीको अवस्था छैन उनले भने 'त्यसमाथि पनि क्यान्सर रोगको उपचारमा धेरै खर्च लाग्न गर्छ । यदि सरकारले नै सरकारी अस्पतालहरुमा गुणस्तरिय सेवा दिन प्रोत्साहान गरे धेरै बिरामीहरुले राहत पाउने थिए ।'