काठमाडौं - आँखा शरीरको एक महत्वपुर्ण र संबेदनशील अंग हो । त्यसैले यसको हेरचाह पनि हामीले उचित तरीकाले गर्नुपर्दछ ।
सानो गल्तिले पनि कहिले काहिँ दृष्टि गुम्न सक्छ । आँखामा केहि समस्या देखिएमा तुरुन्त बिशेषज्ञसँग परिक्षण गराई आवश्यक उपचार गर्नुपर्छ । केहि अवस्थामा आँखा उपचार वा सुरक्षाका लागी औषधि वा ड्रप प्रयोग गनुपर्ने हुन्छ । आँखामा राख्ने ड्रप प्रयोग यस्ता बिषयमा सचेत रहनुपर्छ ।
साबुन पानीले राम्ररी हात धुने,
टाउकोलाई पछाडि ढल्काउने अथवा पल्टीने,
एक हातको औलाले आँखाको तल्लो भागलाई हल्का तल तानेर औषधिको थोपा हाल्नको लागी ठाउँ बनाउँने,
अर्को हातले औषधिको बोतल लिने र बोतलको टुप्पोलाई आँखाको नजिक लाने (टुप्पोले आँखामा छुनुहुदैँन),
बोतललाई बिस्तार थिची औषधिको थोपालाई आँखाको तल्लो भागमा तानेर बनाइएको ठाउँमा लगाउने,
आखाँलाई २ ३ मिनेटसम्म बन्द राखेर भुईतिर निहुरिने (आँखालाई बिस्तार बन्द गर्ने)
आखाँँको भित्री कुनामा बिस्तारै थिच्ने,
आँखा बाहिर परेको औषधिलाई सफा कपडाले पुछ्ने,
एक भन्दा बढि औषधि आँखामा लगाउनुपरेमा पहिलो औषधि प्रयोग गरेको ५ मिनेट पछि मात्र दास्रो औषधिको प्रयोग गर्ने,
प्रयोग पछि बोतललाई राम्ररी बन्द गर्ने (बोतलको टुप्पालाई नधुनु र नछुने)
औषधि राखेपछि हात राम्ररी धुने