काठमाडौं - ज्वरो सबै उमेर समुहका मानिसमा आउने एक समस्या हो । यो समस्या धेरैजसो बालबालिकामा आउने गर्दछ । बालकालिकामा ज्वरो आउने समस्या सम्बन्धि केहि भ्रमहरु फैलिएका छन् । ज्वरोबारे फैलिएका केहि भ्रम र यर्थाथ यस प्रकार रहेका छन् ।
भ्रम
१. बालबालिका तातो भएको ज्वरो आएको हो ।
२. बालबालिकालाई ज्वरो आएको राम्रो होइन् ।
३. बालबालिकालाई ज्वरो आउने बित्तिकै औषधि खुवाइहाल्नुपर्छ ।
४. औषधि खुवाउँदा कम नहुने उच्च ज्वरो गम्भिर इन्फेक्सनको लक्षण हो ।
५. ज्वरोले गर्दा आउने छारे (फ्रेबिल दौरा) खतरनाक हुन्छ ।
६. औषधि खाएसी तापक्रम सामान्य हुन्छ ।
७. औषधिले ज्वरो ठिक पार्छ ।
८. उच्च ज्वरोले बालबालिकाको दिमागलाई हानी गर्छ ।
सत्य
१. बालबालिकाको काखिमा नाप्दा ९९.३ डि ग्री फरेनहाइटभन्दा माथिको तापक्रम मात्र ज्वरो हो ।
२. ज्वरोले शरीरको रोग प्रतिरोधात्मक प्रणालिलाई चालु गर्छ । संmमणसँग लड्न मद्दत गर्छ ।
३. १०२ डि ग्री फरेनहाइटभन्दा माथिको ज्वरोलाई वा सो भन्दा तलको ज्वरोमा बालबालिबालाई गाह्रो महसुश भएमा मात्र औषधि दिनुपर्छ ।
४. बालबालिकाको सामान्य अवस्था उसको गतिविधि खानपानले हुनसक्छ ।
५. फ्रेबिल दौरा हेर्दा डरलाग्दो हो । तर यो केहि समयमा नै कम हुन्छ । यसले खिमागमा असर गर्दैन ।
६. औषधिले ज्वरो १.८ देखि २.५ डि ग्री फरेनहाइटसम्म झार्छ ।
७. औषधिले ज्वरो कम गर्ने हो निदान होइन ।
८. १०६/१०७ डि ग्री फरेनहाइट भन्दा माथिको ज्वरो मात्र हानिकारक हुन्छ । शरीरमा ज्वरो नियन्ण गर्ने संयन्त्र हुन्छ । जसले गर्दा सबैजसो ज्वरो १०४/१०५ डि ग्री फरेनहाइट भन्दा माथि जादैन ।