काठमाडौं - हाल बजारमा सजिलै पाउन सकिने औषधिहरुमध्ये एण्टिबायोटिक एक हो । स्वास्थ्य परिक्षण नगरि चिकित्सकको परामर्श बिना एण्टिबायोटिकको प्रयोग गर्न नहुने बिज्ञहरु बताउँछन् । तर केहि व्यक्तिहरु सामान्य समस्या हुने बितिकै फार्मेसिबाट एण्टिबायोटिक किनेर आफु खुशी खाने गर्छन् । यसको दुरुपयोग बढ्दो रहेकोेमा बिज्ञहरु चिन्ता व्यक्त गर्छन् ।
एण्टिबायोटिक ब्याक्टोरियाको विकास रोक्न प्रयोग गरिने औषधि हो । एण्टिबायोटिक्स औषधिको एतिहास हेर्ने हो भने वैज्ञानिक एलेक्जेण्डर फ्लेमिङ्खले सन् १९२८ मा एक प्रकारको ढुसीबाट पेनिसिलिन नाम गरेको एण्टिबायोटिक्स पत्ता लगाएका थिए । तर यो १९४० को दशकको सुरुवातबाट मात्रै पेनिसिलिन व्यावसायिक रुपमा बजारमा आएको हो ।
कुनै व्यक्तिलाई ब्याक्टोरीयाले इन्फेक्सन भए कल्चर र एण्टिबायोटिक सेन्सिटिभिटि लगाएर त्यसको आधारमा एण्टिबायोटिक खान सल्लाह दिने माइक्रोबायोलजी विभागका सहायक प्राध्यापक डा. रणधीर सिंह राठोर बताउँछन् ।
एन्टिबायोटिकको प्रयोगले विभिन्न प्रकारको ब्याक्टोरियाको उपचारमा राम्रो भुमिका खेल्ने डा. राठोरले बताए । 'हाम्रो समाजमा सामान्य रुघाखोकि, भाइरल ज्वरो, भाइरसद्वारा घाँटीको संक्रमण हुदाँ बिशेषज्ञको सल्लाह बिना नै फार्मेसिबाट एण्टिबायोटिक किनेर खाने व्यक्तिहरु अत्याधिक मात्रामा छन् ।' उनि भन्छन्,'उनिहरु अरुलाई ठीक भएको सुनेको भरमा चिकित्सकको सल्लाहबिना नै यस्ता औषधी किनेर प्रयोग गर्छन् तर यो सरासर गलत हो ।' यसरी जथाभाबि रुपमा एण्टिबायोटिक किनेर खाँदा एण्टिबायोटिक रेजिस्टेण्ट हुदै जान्छ । जसले गर्दा भविष्यमा औषधिले काम गर्न छोड्छ ।
कुनै व्यक्तिलाई एण्टिबायोटिक रेजिस्टेण्ट भएपछि ब्याक्टोरीयाले इन्फेक्सन भएमा बचाउँन गाह्रो हुने डा. राठोर बताउँछन् । त्यसैले चिकित्सकको सल्लाह अनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्नुको साथै एक पटक सुरु गरेको एन्टिबायोटिकको डोज पुरा गर्न उनी सुझाउँछन् ।
उनी भन्छन्, 'ब्याक्टोरीयाले इन्फेक्सन भएको हो या होइन भनेर आवश्यक परिक्षण गरि एन्टिबायोटिकको प्रयोग गर्दा अनावश्यक खर्च हुनबाट पनि जोगिन्छ । '
'कुनै पनि एन्टिबायोटिक चिकित्सकले तोकेको समय भन्दा लामो समय सेवन गर्नुहुदैँन' । उनी भन्छन्,' केहि बिरामीहरु औषधि सेवन गरेको केहि दिनमै आफुलाई ठिक भएको महसुश गर्छन र बिचमै औषधि खान छोड्ने गर्छन ।' यसो गर्नाले बिरामीको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । त्यसैले, यस्ता बानि गर्नुहुदैँन बिशेषज्ञको परामर्श अनुसार पुरा डोज औषधि खान जरुरी हुन्छ ।