- प्रा.डा.आर पी चौधरी
काठमाडौं- धेरै जसो अभिाभावकहरु आफु पनि मोबाइलमा झुमिरहने र आफ्ना बालबालिकालाई पनि टि.भि र मोबाइलमा सुरक्षित देख्ने गर्छन् ।
धेरैजसो अभिाभवकहरुमा मोबाइल चलाउने लतका कारण मोबाइलमा भुलिरहेका हुन्छन् । जसका कारण आफ्नो बालबालिकाहरुलाई समय दिन सक्दैनन् ।
कुनै बालबालिकाको बाबा आमा नै रोजगारी हुन्छन्, उनिहरु काममा नै व्यस्त हुन्छन् ।त्यसैले बालबालिकालाई भुलाउनका लागी मोबाइल हातमा थमाइदिन्छन् ।
बालबालिकाहरुलाई इलेक्टोनिक ग्याजेट दिनुका फाइदा बेफाइदा दुबै छन् । इलेक्टोनिक ग्याजेटको प्रयोग गर्नु राम्रो तर आवश्यक भन्दा बढि चलाइरहँदा यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
१ बर्ष भन्दा माथिका बालबालिकाले धेरै समय स्क्रिनमा बिताउँदा उनिहरुको आँखामा समस्या आउँन सक्छ । जसका कारण सानै उमेरदेखि चस्मा लगाउनुपर्ने हुन्छ । ५ बर्ष भन्दा माथीका बालबालिकाहरुले लामो समय स्क्रिनमा बिताउँदा साथिहरुसँग घुलमिल हुन सक्दैन ।
केहि समय अघिका बालबालिका साथिहरुसँग समुहमा विभिन्न खेलहरु खेल्ने गर्थे । त्यसैले सबैमा एक सामुहिक भाव हुन्थ्यो । हाल परिवारको एक सदस्य, अर्को सदस्यसँग बोल्न भ्याउदैनन् वा चाहदैनन् जसको कारण हो हरेक व्यक्तिको हातमा स्मार्ट फोन । पछिल्लो समय हरेक व्यक्ति परिवारसँग भन्दा धेरै स्मार्ट फोनमा समय बिताउँछन् । यसरी ग्याजेटमा समय बिताउँदा बालबालिकाहरु परिवारको अन्य सदस्यसँग बोल्दैनन् त्यस्तै अभिभावकहरु पनि बालबालिकासँग भन्दा ग्याजेटमा नै समय बिताउने गर्छन् । त्यसैले सामुहिक भाव र परिवारमा हुने अन्र्तक्रियामा कमी आउँछ । त्यसको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्छ । फलस्वरुप बालबालिका सामाजिकिकरण हुन सक्दैनन् ।
सामान्यतय हरेक बालबालिका दिनमा ८ घण्टा सुत्नु नै पर्छ । बालबालिकाहरु दिनभरी स्कुलमा थाकेर आउँने गर्छन । केहि समय होमवर्क गरेपछि उनिहरु ग्याजेटमा झुमिरहेका हुन्छन् । यसरी उनिहरु लामो समय स्क्रिनमा बिताउँछन् । जसका कारण समयमा सुत्दैनन् र उनिहरुलाई निन्द्रा पुग्दैन ।
एक अध्यनका अनुसार सुत्नु अघि मोबाइल, टिभि लगायत अन्य स्क्रिनमा बस्नाले गहिरो निद्रामा पर्ने सम्भावनालाई कम गर्छ । गहिरो निद्रामा धेरै आराम मिल्छ । सुत्नु अघि स्क्रिन प्रयोग गर्दा मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ।
पछिल्लो समय पिसाब चुहिने समस्या धेरैजसो बालबालिकामा देखिने गरेको छ । उनिहरुको परिक्षण गर्दा समस्या केहि देखिदैन । उनिहरुको गहिरो अध्ययन गर्दा अभिभावकहरुले टिभि हेरिराख्छ दिशापिसाब लागेको समयमा च्यापेर बस्ने र खाना खाने समयमा पनि खादैँन भन्ने गर्छन् ।
पिसाब लागेको समयमा पिसाब नगर्दा पिसाबथैलोमा जम्मा भइरहेको महशुस हुन्छ । पिसाब च्याप्दै बस्दा पिसाब थैलो ठुलो हुदैँ जादाँ दुख्न थाल्छ । पिसाब थैलोमा दुख्नु भनेको एक गम्भिर समस्या हो । पिसाब थैलि जतिसम्म तन्किन्छ त्यो त्यति नै दुख्न सुरु गर्छ । त्यसैले पिसाब लागेको समयमा पिसाब गर्नु नै पर्छ । तर बालबालिकाहरु मोबाइल चलाउदा पिसाब च्यापेर बस्ने गर्छन । यस्तो गर्दा पिसाब थैलि सक्रिय भइरहनुपर्ने ठाउँमा निष्क्रिय भएर जाने गर्दछ । फलस्वरुप लामो अवधिमा पिसाब चुहिने समस्या हुन सक्छ । यस्तो समस्या देखिएका बालबालिकाहरुले समयमा पिसाब गर्ने बानि लगाउनुपर्छ ।
बालबालिकाहरु स्कुल गएको समयमा बिचमा पिसाब लागे जान नपाइने नियमहरु पनि हुन्छ । स्कुलहरुमा यस्तो नियम राख्दा बालबालिकाको स्वास्थ्यमा समस्या आउन सक्छ । दिशा, पिसाब प्राकृतिक बिषय हो । यो हरेक व्यक्तिले गर्ने गर्छन् । त्यसैले दिशा पिसाब लागेको समयमा गर्नु पर्छ च्यापेर बस्नु हुदैँन ।
नवजात शिशुलाई खाना खुवाउँदा कहिलेकाहि मोबाइल देखाएर उनीहरुको दिमाख मोड्नका लागी यो अभ्यास अपनाउनु केहि हदसम्म उचित नै हुन्छ । तर लामो समयसम्म यहि अभ्यास अपनाइरहँदा उनिहरुका यसको लत नै लाग्ने गर्दछ । र खाना खुवाउनु अघि मोबाइल नै दिनुपर्ने हुन्छ । बालबालिका बिरामी हुदाँ र अन्य आकास्मिक अवस्थामा मात्र यो तरिमा अपनाउनुँ ठिकै हुन्छ ।
एक अध्ययनले महिला गर्भवती हुदाँ बाहिर संगित बजाएमा शिशुले पनि आनन्द लिने प्रमाणित गरेको छ ।
मोबाइलमा धेरैजसो बालबालिकाले गेम र कार्टुन हेर्ने गर्छन् । यस्ता सामाग्रीहरु केहि समय मात्र प्रयोगमा ल्याएमा ज्ञान लिन सकिन्छ भने । अत्याधिक समय यस्तासामाग्री प्रयोगमा गरेरमा लत नै बस्ने गर्छ । साथै यसले उनिहरुको मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्न सक्छ ।
यस्ता सामाग्री धेरै प्रयोग गर्ने बालबालिकााके अभिभावकले बिशेष सावधानि अपनाउनुपर्ने हुन्छ । बालबालिकालाई होमर्वक गर्ने समयमा होमवर्क गर्न लगाउने, खाने समयमा खान लगाउने नियमित सुत्ने समयमा सुत्न लगाउनुपर्छ । कहिलेकाहि मोबाइलको प्रयोग गर्नु राम्रो हो तर यसको लत लाग्न दिनुहुदैँन ।
(प्रा.डा. चौधरी बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालको कार्यकारी निर्देशक हुन् ।)