काठमाडौं- जिरा हामीले दैनिक तरकारी पकाउँदा तरकारीको मिठो स्वादका लागि जिरोको प्रयोग गर्ने गछौं । स्वादका दागि मात्र नभएर जिरा स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।
तर धेरै व्यक्तिहरुलाई जिराको औषधिय गुण बारे थाहा नहुन सक्छ । जिरामा आहार जमित संक्रमण रोक्न सक्ने क्षमता हुन्छ । यसमा भएका तत्वहरुले आहार जमित ब्यक्टेरियाको बृद्धि घटाउँछ । जिराले स्क्वामस सेल कार्सिनोमा ईए र हेपाटोमस जस्ता क्यान्सर हुनबाट बचाउँछ ।
जिराले कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत गर्दछ । जिराको रसले नराम्रो कोलेस्ट्रोल कम हुने गर्दछ । ३ ग्राम जिरा दहिसंग दिनको २ पल्ट ३ महिना सम्म खानाले राम्रो कोलेस्ट्रोल बढ्ने बिशेषज्ञहरु बताउँछन् ।
जिराले मोटोपन घटाउन पनि मद्दत गर्दछ । यसको लागि जिरा दिनको एकचोटी २ महिना जति खानुपर्दछ ।
जिरामा फेनोल्स, हभानोइड्स र एल्कलाँइड्सहरु हुन्छन् । यी सबै तत्वहरुले एन्टिओक्सिडेन्सको रुपमा कार्य गर्दछ । एन्टिओक्सिडेन्सको काम भनेको शरीरमा क्रियाकलापहरु गर्दा निस्कने अक्सिडेन्स (जसले शरीरलाई हानी गर्दछ) लाई मिस्तेज बनाउँछ ।
जिरा आइरन (फलाम) को अति उत्तम स्रोत हो । एक चम्चा जिरा बराबर १.४ मि लि ग्राम आइरन प्राप्त गर्न सकिन्छ ।
जिरालाई परम्परागत रुपमा खानालाई राम्ररी पचाउन खाने गरिन्छ र यी कुरा अहिले वैज्ञानिक खोजहरुबाट प्रमाणित भइसकेको छ । जिराले पाचन रसहरुको कार्य क्षमतालाई बृद्धि गर्छ ।
जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान बेलुका ११ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
जीरापानी पकाएर सखर हालेर चियाझै दिनमा ३–४ पटक खाएमा ज्वरो कम हुन्छ ।