काठमाडौं - व्यक्तिको खाना खाने बानी तथा तरीका नै आहारशैली हो । शारीरिक तथा मानसिक स्वास्थ्यको महत्वपुर्ण सम्बन्ध हरेक व्यक्तिको खानेकुरासँग हुन्छ । त्यसैले, आहार शैलिमा सचेत हुन आवश्यक छ । स्वस्थ्यकर आहार शैलिका लागी सामान्यतया निम्नानुसारका बिषयहरुमा बिशेष ध्यान दिन जरुरी छ ।
आहार शारीरिक तथा मानसिक क्रियाशिलताको आधारमा सन्तुलित हुनुपर्छ ।
दैनिक भोजनमा अन्नका साथै खेतबारीमा उत्पादन हुने सागपात तथा मौसम अनुसारका फलफुल समाबेश हुनुपर्छ ।
भोजन सफा र ताजा हुनुपर्छ ।
सामान्यतय दिनभरीमा ३ देखि ४ घण्टाको अन्तरालमा ४/५ पटक ठिक मात्रामा खाना खानु स्वस्थ्यकर मानिन्छ ।
भोक लागेको समयमा मात्र खाना खाने गर्नुपर्छ ।
दिनको तुलनामा रातिको खाना हल्का सुपाच्य (सजिलै पच्ने) र परिणाममा पनि थोरै हुनुपर्छ ।
खाना राम्रोसँग चपाएर मात्र खानुपर्छ ।
भोजन गर्दा सामान्यतय आमाशयको कुल आयतन क्षमता (१.५लिटर) लाई चार भागमा विभाजन गरी दुई भाग खानाको लागी, एक भाग पानी र एक भाग खालि राख्नु स्वस्थ्यकर हुन्छ ।
भोजनको लगत्तैपछि अत्याधिक मात्रामा पानी पिउनु, कडा खालका काम गर्नु, जोडले हास्नु आदि कार्यलाई स्व्स्थ्यकर मानिदैँन ।
ऋतु अनुसार शारीरिक पाचन शक्तिमा घटबढ हुने भएकाले सोहि आधारमा भोजन गर्ने गर्नुपर्छ । साथै ऋतु अनुसारका सागपात तथा फलफुल पनि पर्याप्त मात्रामा खानुपर्छ ।
केहि खाद्यपदार्थ एकअर्कासँग वा एक आपसमा मिसाएर खानु हुदैँन जस्तै माछा मासु सँग दुध खानु हुदैन ।