काठमाडौं - एडीएचडी अर्थात अटेंशन डिफिसिट हाइपरएक्टिव डिसऑर्डर, दिमाग सँग संबंधित समस्या हो जो बच्चा अथवा ठूलो दुवै लाई हुनसक्छ।
तर बच्चाहरु लाई हुने सम्भावना धेरै हुन्छ । यो एक प्रकारको मानसिक समस्या हो, जसमा मानिसलाई कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । एकाग्रता चाढो भंग हुन्छ । यस्तो समस्या भएका बच्चाहरु चकचक गरिराख्ने, एकै ठाउँमा बस्न नसक्ने, अरुलाई चलाइ राख्ने ,पढाइमा ध्यान दिन नसक्ने जस्ता समस्या हुन्छन् । टिभी, कम्प्युटर, भिडियो गेममा चाहिँ भुल्छन्। विश्वको तथ्यांक हेर्ने हो भनी यस्तो समस्या करिब ३ देखि ५ प्रतिशत बच्चामा देखिन्छ ।
५ वर्षभन्दा मुनीका बालबालिका चकचक गरे सामान्य मान्न सकिन्छ । तर यो उमेरभन्दा बढीका बालबालिकामा एकै ठाउँमा नबस्ने, सामान तोडफोड गर्ने, रिस देखाएर नडराउने, केही कुरा गर्न पनि नडराउने, बढी बोल्ने, अरुलाई जे पनि भन्ने, पिट्ने, कुनै कुरामा पनि ध्यान दिन नसक्ने, दिएको काम पूरा गर्न नसक्ने जस्ता समस्या देखिए एडीएचडीकै कारण हो भन्न सकिन्छ। मानिसको मष्तिष्कमा ध्यान दिने र शान्त हुने भाग हुन्छ । एडीएचडीको समस्या भएका बालबालिकामा मष्तिष्कको त्यो भाग विकास भएको हुँदैंन । कसैको १३– १४ देखि १७–१८ वर्षको उमेरसम्मविकास हुन्छ भने कतिपयलाई जीवनभर नै एडीएचडीको समस्या हुन्छ।
यस्ता बच्चाहरु छिटो एक्सन लिने अर्थात् देखेपछि गरिहाल्ने खालका हुन्छन् । यस्तो समस्या भएका बच्चाहरु बाटो काट्नु पर्यो भने सोच्दै नसोची दौडन्छन् । हामफाल्नु पर्यो भने हामफालिहाल्ने र झगडा गरिहाल्ने खालका हुन्छन्।
कोही ठुला मान्छे बोलेका छन् भने सोच्दै नसोची बोलिहाल्छन् । पालो कुर्न सक्दैनन् । कतै लाइन बस्नु पर्यो भने अगाडिका लाई धकेलेर भएपनि जानुपर्छ । कक्षामा शिक्षकले जे प्रश्न गरेपनि पनि हात उठाउँछन् । हेर्दा चनाखोजस्तै देखिन्छन् । तर उनीहरुमा एडीएचडी समस्या भएको हुन सक्छ।
सामाजिक सञ्जालमा धेरै समय बिताउनाले दिमाग खाली हुन पाउँदैन र जानकारीहरु संरक्षित हुन पाउँदैन । यसको सिधा असर स्मरणशक्ति र एकाग्रतामा देखिन थाल्छ ।
सामाजिक सञ्जालमा धेरै समय बिताउँदा सामाजिकताको भाव बढ्ने सोच राख्छौं हामीहरु तर सधै यस्तो हुँदैन ।सामाजिक सञ्जालमा आवश्यकभन्दा धेरै समय बिताउँदा हाम्रो समय नष्ट हुनुका साथै ध्यान केन्द्रित गर्ने क्षमतामा पनि ह्रास आउँछ । क्यालिफोर्निया विश्वविद्यायलयले गरेको एउटा शोधको अनुसार किशोर अवस्थामा अधिकतम सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसहरुमा अटेन्सन डेफिसिट हाइपरएक्टिविटी डिसअर्डर एडीएचडी नामको मानसिक समस्याको खतरा हुन्छ । विशेषज्ञहरुका अनुसार धेरै समय सामाजिक सञ्जालमा बिताउने मानिसहरुको दिमागी सन्तुलन प्रभावित हुन्छ जसकारण उनीहरुमा सोच्ने, सम्झिने शक्ति कमजोर भएर जान्छ ।
एडीएचडी उपचारबाट भन्दा पनि सहज वातावरण निर्माणबाट समाधान हुन्छ । यदि सबै उपाय गर्दा पनि निको भएन भने उपचार गर्न अस्पताल लैजानुपर्छ।