कोरोना खोपको पहिलो चरणमा धेरैले खोप लगाएपछि ‘एडभर्स इफेक्ट’ (प्रतिकूल प्रभाव) देखिएको गुनासो पोखे । यद्यपि थोरैमा मात्रै त्यस्तो प्रभाव देखिएको बताइएको छ ।
धेरैले गुनासो गरेको एडभर्स इफेक्ट फ्लोइङ्ग इम्युनाइजेशन (एईएफआई) के हो ? र यो कतिको सामान्य र असामान्य छ भन्ने कुरा तल उल्लेख गरिएको छ ।
कस्तो प्रकारको प्रतिकूल प्रभाव (एडभर्स इफेक्ट) देख्न सकिन्छ ?
भारतका केन्द्रीय स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.मनोहर अगनानीले खोपको पहिलो चरणपश्चात नै यस प्रकारको प्रभावको बारेमा विस्तृतमा जानकारी गराएका थिए ।
उनले भनेका थिए, “खोप लगाएको व्यक्तिमा देखिने जुनसुकै किसिमको चिकित्सकीय समस्यालाई एडभर्स इफेक्ट फलोइंग इम्युनाइजेसन भनिन्छ । यो खोपका कारण, खोप लगाउने प्रक्रियाका कारण वा अन्य कुनै कारणले पनि हुन सक्छ । यो सामान्यतया, सामान्य, गम्भीर र धेरै गम्भिर गरि तीन प्रकारका हुन्छन् ।”
सामान्य प्रभावलाई चिकित्सकीय भाषामा ‘माइनर एडभर्स इफेक्ट’ भनिन्छ । डा. मनोहरका अनुसार धेरैमा यहि सामान्य प्रभाव मात्रै देखिने गरिन्छ । यसको प्रभाव देखिएकाहरुमा खोप लगाएको स्थानमा केही सुन्निएको जस्तो, हल्का ज्वरो आउने, शरिरमा सामान्य दुखाई हुने, आत्तिएको जस्तो हुन सक्ने पनि उनले बताए ।
तर केहीलाई भने गम्भीर प्रभाव पनि पर्न सक्छ, जसलाई ‘सोभियर केस’ भनिन्छ । यस्तो प्रभाव देखिएकाहरुमा उच्च ज्वरो आउने वा ऐनफलैक्सिसको प्रभाव पर्न सक्छ । तर यसमा देखिने प्रभावहरु पनि क्षणिक मात्रै हुन्छन् त्यसैले यस्तो हुँदैमा अस्पताल भर्ना भैहाल्न पर्दैन ।
यद्यपि धेरै गम्भीर एडभर्स इफेक्ट देखिएकाहरुलाई भने अस्पतालनै भर्ना गराउनु पर्ने अवस्था पनि आउन सक्छ । यस्तोलाई ‘सिरियस केस’ भनिन्छ । यस्तो अवस्थाका खोप लगाएका व्यक्तिहरुको ज्यान पनि जान सक्ने सम्भावना हुन्छ । नभए आजीवन प्रभाव परिरहन सक्छ ।
तर धेरै गम्भीर एडभर्स इफेक्टको प्रभाव निकै थोरै व्यक्तिमा मात्रै देखिने डाक्टरहरुको बुझाई छ । प्रभाव थोरैमा मात्रै देखिएपनि यसको सम्पूर्ण असर खोप अभियानलाई पर्न सक्ने बताइएको छ ।
भारतमा भएको अहिलेसम्मको खोप खभियानमा कमै व्यक्तिहरुलाई मात्रै अस्पताल भर्ना गराउनु परेको छ । भारतमा १८ वर्ष भन्दा माथिका सबैलाई खोप अभियानमा सामेल गरिएको छ ।
त्यस्तै अर्का डाक्टर बीएल शेरवाल पनि खोप अभियानको एडभर्स इफेक्ट कमैमा मात्रै देखिने बताउछन् । सम्पूर्ण खोप अभियानमा १० प्रतिशतमा यस्तो असर देखिनुलाई सामान्य मानिने उनको बुझाई छ ।
गम्भीर एलर्जीको रियाक्सन देखिए यसो गर्न सकिन्छ...
कोरोना खोप लगाएका व्यक्तिमा गम्भीर एलर्जी देखिएमा त्यसलाई चिकित्सकीय भाषामा ऐनफ्लैक्सिस भनिन्छ । बीबीसीसँग कुरागर्दै डा.बीएल शेरवालले यस्तो असर खोपका कारण नभई केही ड्रग्सका कारण हुने बताए ।
यस्तो अवस्था खासै देखिदैन यदि देखिहाल्यो भने ‘एडभर्स इफेक्ट फ्लोइंग इम्युनाइजेशन’ किटमा भएको इन्जेक्सन दिइन्छ । बीबीसी