काठमाडौं - अमेरिकाले नेपाललाई अनुदानस्वरुप दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुने भएको छ ।
खोप लगाउनका लागि काठमाडौंका विभिन्न ४४ वटा खोपकेन्द्र तोकिएको छ । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउनेछन् ।
यस्तै अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई पनि दिइने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो खोप अभियान आज देखि साउन ६ गते सम्म संचालन हुने छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।
प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने
यसैबीच प्रधानमन्त्री देउवाले सोमबारबाट सुरु हुने जोन्सन एन्ड जोन्सन खोप केन्द्रको निरीक्षण गर्ने ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खोपलाई उच्च प्राथमिकता राखी खोप लगाउने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएकोले बिहान १० बजेबाट प्रधानमन्त्री देउवाबाट निरीक्षण कार्यक्रम राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल र पाटन अस्पतालमा रहेका खोप केन्द्रको गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।