- डा ओम मुर्ति अनिल
काठमाडौं - हाम्रो समाजमा हिन्दू धर्मावलम्बि अधिकांश महिलाहरु धार्मिक दृष्टिकोणले व्रत बस्ने गर्छन । यसको मुल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्राउनु र श्रीमान, सन्तान र आफ्नो सुस्वास्थ्यको वरदानको प्राप्ती गर्नु हो ।
व्रत बस्ने बेलामा कम्तिमा १६ घण्टा खाना र क्यालोरी प्राप्त गर्ने कुनैपनी झोल कुरा नखादा बिभिन्न प्रकारका वैज्ञानीक फाईदाहरु अध्ययनहरुले देखाएको छ । व्रत बस्ता हुने केहि फाइदाहरु यस प्रकार रहेका छन् ।
तौल घटाउन मद्दत गर्छ
कम क्यालोरीको सेवन र मेटाबोलिक रेट बढ्नु र ग्रोथ हार्मोनको बढी उत्पादनले तौल घटाउनमा मद्दत गर्छ । तौल घटाउन इच्छुक भए यो तरिकाबाट सुरु गर्न सक्नु हुन्छ ।
कोलेस्टेरोलको नियन्त्रण
उपवासले फैटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोलको नियन्त्रण गर्छ, साथै उपवासको बेला मान्शाहारी खानाको प्रयोग नहुनु र फल्फुलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र ट्राइग्लिसराइड घट्ने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।
इन्सुलिन सेन्सिटिभिटी बढाउने
उपवासले बिभिन्न रसायनिक प्रकृयाको मद्दतले इन्सुलिनको कामलाई प्रभावकारी बनाउँछ र मोटोपना भएको व्यक्तिमा इन्सुलिन प्रतिरोधको वातावरण हुनाले यस्तो व्यक्तिको लागी उपवास अत्यन्तै लाभदायक हुन्छ ।
रक्तचापको नियन्त्रण
उपवासमा क्यालोरी र नुनको प्रयोग कम हुने भएकोले उच्च रक्तचापको नियन्त्रण हुन मदत गर्छ ।
रोग प्रतिरोघात्मक क्षमतामा सुधार
रोगसँग लड्ने कोषको संख्यामा सुधार ल्याउनु र हानि पुर्याउने कोशहरुलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
क्यान्सर रोग लागन बाट बचाउन मद्दत गर्छ
उपवासले कोशहरुको मर्मत गर्ने, स्वास्थ्य तन्तुहरुलाई सुरक्षित बनाउने र बिकार वा घातक पदार्थहरुलाई कोष भित्रै निष्क्रिय बनाउँछ, हानिकरक हर्मोनलाई नियन्त्रण गर्छ र अन्य कोष भित्रको गतिबिधिलाई साकारात्मक बनाएर क्यान्सर को जोखिम घटाउने तथ्य बिभिन्न जनावरहरुमा गरिएको अध्ययनले दावी गरेको छ ।
एसट्रेस र इन्फलामेसनको नियन्त्रण
क्यान्सर, मुटु रोग, बाथ रोग, स्नायु रोग र अन्य जटिल दिर्घ रोगरुको प्रमुख कारणहरु मध्ये एक एसट्रेस र इन्फलामेसन प्रमाणित तथ्य हो ।
उपवासले फ्री रडिकलले हुने हानिलाई रोक्ने साइटोकाइन लाई नियन्त्रण गर्ने जस्ता अन्य रसायनिक कृयामा साकारात्मक असार गरेर धेरै यस्ता रोगहरु जोखिमलाई घटाउने वैज्ञानिक धाराणा भएको देखिन्छ ।
बुढोपनालाई रोक्ने
उपवासले जिन, कोष्, तन्तु, हार्मोन्, मेटाबोलिज्ममा प्रभाव पारेर व्यक्तिको शरिरलाई वास्तविक उमेर भन्दा कान्छो बनाउन सहयोग गर्न सक्छ ।
छालालाई आकर्षक बनाउछ
छालामा हुने कोलाजिन र अन्य प्रोटिनहरुमा सकारात्मक असर गरेर, छालालाई सुन्दर र आकर्षक बनाउँछ ।
मस्तिस्कको क्रियाकलापमा सुधार
उमेर अनुसार हुने मस्तिष्कको क्रियाकलापमा कमिमा बिभिन्न तरिकाले कमी ल्याउँछ ।
मुटुका बिरामीलाई फाइदा
मुटुको मांशपेसी लाई नस्ट हुन बाट बचाउने नयाँ मसिना रक्तनलिहरुको निर्माण गर्ने र अन्य मुटुभित्रका हानिकारक रसायनिक प्रतिकृयालाई नियन्त्रण गरेर मुटुरोगिहरुलाई ठुलो लाभ प्रदान गर्न सक्ने अनुसन्धानहरुको दाबी छ ।
जिवनमा खुशीयाली ल्याउछ
विश्वास नलाग्ला तर यो सही कुरा हो । तपाईं कुनै व्रत धारिलाई सोध्नुस वा आफै व्रत बसेको दिन सम्झिनुस्, त्यो दिन तपाईंले आफुलाई स्पेसल ठान्नुहुन्छ, तपाईंको सोच सकारात्मक र पवित्र हुन्छ ।
भित्रैबाट उमङ र उत्साह भरिएको हुन्छ, यस्को कारण उपवास, स्वछ आहर र धर्ममा आस्था मात्रै नभएर वैज्ञानिक कारण पनि हुन्छ । उपवासले मस्तिस्कमा इन्डोर्फिन नामक हार्मोनको उत्पादन बढाउछ जस्को प्रमुक काम मूडलाई फ्रेस गर्ने, खुशी बनाउने र शरिरमा स्फुर्ती ल्याउने हो ।
भोकमाथी नियन्त्रण
उपवासले लेपटिन र अन्य हार्मोनको स्तरमा सुधार ल्याएर, थ्य्रोइद हार्मोनको उत्पादन बढाएर मेटाबोलिस्ममा सुधार ल्याएर, भोक निर्धारण गर्ने केन्द्रमा असर गरेर व्यक्तिको भोकै बस्न सक्ने क्षमता बढाउँछ र त्यो भन्दापनी महत्वपुर्ण कुरा थोरै खाएर सन्तुष्ट्रि हुने बानी बस्छ, जसले गर्दा अत्यधिक खानाबाट हुने स्वास्थ्य सम्स्याबाट बच्न सकिन्छ ।
डिटॉक्सिफिकेशन गर्छ
प्रायजसो हानिकारक रसायनहरुको शरिरमा भएको बोसोमा भन्डारण हुन्छ । उपवासले बोसोलाई खर्च गर्ने क्रममा स्टोर भएका धेरै टोक्सिनलाई शरिरबाट निस्कासन गर्छ ।
मांशपेसीलाई बलियो बनाउछ
उपवासले ग्रोथ हार्मोनको उत्पादन बढाएर, फैट्लाई पगाल्ने र मांशपेसीलाई बलियो बनाउँछ ।
माथी उल्लेख गरिएका उपवासका फाइदाहरु मानिस जातिमा अध्ययन गरेर पुष्टि भई नसकेको भएतापनि, प्रस्तुत तर्कहरु सान्दर्भिक देखिन्छन ।