काठमाडौं - हिन्दु धर्मालम्बि महिलाहरुले साउन महिनामा सोमबार, तिजमा त्यस्तै अन्य बारमा बर्षभरी नै व्रत बस्ने चलन रहि आएको छ । यो बर्ष पनि धेरैजसो महिलाहरु सोमबारको व्रत बसेका छन् । व्रत बस्दा स्वास्थ्यमा फाइदा पुग्ने बिज्ञहरु बताउँछन् । व्रत बस्नु स्वास्थ्यका हिसाबले फाइदाजनक भएपनि केहि अवस्थामा भने घातक सिद्द हुन सक्छ । कस्ता महिलाहरु व्रत बस्नु उपयुक्त हुन्छ र व्रत बस्दा अपनाउनुपर्ने सावधानीहरु यस प्रकार रहेका छन् ।
गर्भवस्थामा उपवास वर्जित हुन्छ ।
दुध खुवाउने आमाले उपवास गर्न मिल्दैन् ।
मधुमेहको औषधी सेवन गर्ने बिरामीले व्रत बस्नु अघि चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
रक्तचापको औषधी सेवन गर्ने बिरामीले पनि बिशेष ध्यान दिनु पर्छ । साथै चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
मुटु, मिर्गौला, पेट, कलेजो र अन्य दिर्घरोगको औषधी सेवन गर्ने महिलाहरुले पनि बिशेष ध्यान दिनु पर्छ । साथै व्रत बस्नु अघि चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
उपवासले शरिरमा पानीको कमी हुनसक्छ ।
्उपवासले विशेष गरेर माइग्रेन भएकाहरुलाई टाउको दुख्ने समस्या हुन सक्छ ।
निद्रा नलाग्ने र त्यसबाट तनाव हुने सम्भावना पनि हुन्छ ।
उपवास बस्दा ग्यास्ट्रिकको समस्या हुनु पूर्ण सत्य होईन । उपवास बस्दा पेटमा एसिडको उत्पादन कम हुन्छ । त्यसैले ग्यास्ट्रिकको समस्या पनि कम हुनुपर्ने हो तर कसै कसैलाई उपवास भएको बेलामा भोक लाग्दा, खाने कुरा सम्झिदा वा अरुले खाएको देख्दा मस्तिस्कमा त्यसको असर भएर एसिडको उत्पादन बढ्न सक्छ जसले पेटमा एसिडिटी बढाउने अवस्था हुने गर्छ ।