काठमाडौं - केशलाई उचित पोषण दिन हप्ताको दुईपटक गुनगुना तेल मसाज गर्नुपर्छ । तेल मालिशले रक्त परिसंचरणमा सुधार गर्दछ, साथै उचित पोषण प्रदान गर्दछ।
कपाल धुनु भन्दा २ देखि ३ घण्टा अगाडि नरिवलको तेलले मसाज गर्नुपर्छ । त्यसपछि तातो पानीमा तौलिया डुबाएर कस्सिएर पानी निचारेर कपाललाई बेर्ने त्यसपछि एक घण्टा पछि धुन सकिन्छ।
१ चम्चा ग्लिसरीन, एक वटा अण्डाको सेतो भाग र २ चम्चा क्यास्टर तेल मिक्स गर्नुहोस् र यसलाई कपालको जरामा लगाउनुहोस्। डेढ घण्टा पछि कपाल धुनुहोस्।
कपालको गहिरो कन्डिसनको लागि दही र अण्डाको प्रयोग गर्नुहोस्।
कपाल स्वस्थ बनाउन, सूर्यफूलको तेलमा खाना पकाउनुहोस्। सूर्यमुखी तेलमा आवश्यक फ्याट्टी एसिडहरू हुन्छन् जसले कपाललाई ओस प्रदान गर्दछ।
सूर्यमुखि फूलको तेलले कपालको जराको मालिश गर्दा कपालको सुख्खापन हटाउन मद्धत गर्छ ।
कपालमा चमक ल्याउन २ टिस्पून हेन्ना पाउडर १ चम्चा दही, १ चम्चा मेथी पाउडर, १ चम्चा कफी, २ चम्चा पुदिनाको रस, २ चम्चा तुलसीको रस मिलाएर पेस्ट बनाउनुहोस् र २ घण्टासम्म कपालमा राख्नुहोस्। त्यसपछि कपाल धुनुहोस्।