- डा प्रतिक पौडेल
काठमाडौं - शरीरको तापक्रम १०२ डिग्री फरेनहाइट भन्दा माथी हुनुलाई हिट् स्ट्रोक वा उच्च ताप भनिन्छ ।
चैतदेखि असारसम्म सूर्य पृथ्वीको नजिक हुन्छ । त्यही कारण तापक्रप बढेर अत्यधिक गर्मीको अनुभव हुन्छ । वायुमण्डलले पनि तातो हावा फाल्छ । तातो घामले मानिसको शरीरको ऊर्जालाई कम गरिदिँदा शरीरको जलीय अंशमा कमी आउँछ ।
सामान्य अवस्थामा शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट हुन्छ । गर्मी मौसममा हिँड्दा, काम गर्दा, खेलकुद गर्दा तातो हावा तथा घामको असरले शरीरको तापक्रम असन्तुलीत हुन्छ ।
सामान्यतय शरीरमा सोडियमको मात्रा १३५ देखि १४५ मिलीटर प्रति लीटरको बिचमा हुनुपर्छ । पोटासियम ३.५ देखि ५.० मिली लिटर प्रति लिटरको बिचमा हुनुपर्छ । यो भन्दा कम भएमा हिट स्ट्रोक हुने सम्भावना हुन्छ । झाडाबान्ता र पसिना धेरै आएमा सोडियम र पोटासियम कमी हुने गर्दछ ।
लक्षण
टाउको दुख्ने,
रिंगटा लाग्ने,
वाकवाक लाग्ने,
भ्रम वा अन्योलता हुने,
पसिना धेरै आउने
शरिर चिलाउने
शरिरको तापक्रम बढ्ने
कमजोर हुने
कारण
पानिको कमी
सोडियम, पोटासियम क्याल्सियमको कमी
भागदैड
लामो समय घाममा बसेर काम गर्नाले
जोखिम
मोटोपना भएका व्यक्ति
भर्खर जन्मेको शिशु लगायत २ बष सम्मका बालबालिका
घरेलु कामदार, पेन्टिंग गर्ने वा लामो समय घाममा बसेर काम गर्ने मानिसहरु
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति
अन्य रोग लागेको व्यक्ति (मधुमेह, दम वा सिओपिडि)
मद्यपान गर्ने व्यक्ति
जटिलता
शरिरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दामाथी भएमा बेहोस् हुने र छारे रोग जस्तै काम्ने समस्याहरु निम्त्याउँन सक्छ । यस्तो अवस्थामा शरीरको तापक्रम घटाउने उपाय अपनाउनुपर्छ । सिटामोल चाहिँ दिनुहुदैँन । चिसो पानी, जिवनजल खुवाउनुपर्छ । यदि खान नसक्ने अवस्थामा भए सलाम पानी दिनुपर्छ ।
उपचार
झोलिलो पदार्थ (पानी, जिवनजल, दुध, दाल) धेरै मात्रामा खाने
घाममा निस्कनु अघि सन्सक्रिम लगाउने
घाममा काम गर्न निस्कने व्यक्तिले कटनको कपडा लगाउने
केहि जटिलता भएमा तुरुन्त अस्पताल लैजानुपर्छ
शरीरबाट पसिना बग्ने बित्तिकै जिवनजल खाने गर्नुपर्छ ।
चर्को घाममा बस्नु हुँदैन
(जनरल फिजिशियन डा. पौडेल काठमाडौं भ्याली हस्पिटलमा कार्यरत छन् । )