काठमाडौं - दाँत अनुहारको सौन्दर्यको लागी एक महतवपुर्ण अंग हो । केहि मानिसहरुको दाँत पहेंलो हुन्छ । यस्तो दाँतले स्वास्थमा मात्र नभई व्यक्तित्वमा पनि असर पार्छ। यदि कुनै व्यक्ति देख्दा आकर्षक र सुन्दर शारीरिक बनावटको छ तर उसको दाँत बेसार जस्तै पहेंलो छ भने मानिसहरुको हेर्ने दृष्टिकोण नै फरक हुन्छ।
दाँत पहेंलो हुनुका कयौं कारणहरु छन् जसमध्ये कसैको स्वास्थ्यको खराबीले यस्तो समस्या आउँछ । तर प्राय मानिसको आफ्नै लापरबाहीले यस्ता समस्या आउँछन् । हाल युवा देखि बृद्धा सबैले चुरोट, पान, पराग, खैनी जस्ता सुर्तीजन्य पदार्थ खान्छन् । जसको कारण दाँत पहेंलो हुने र दाँत सम्बन्धी अन्य विभिन्न समस्याहरु देखा पर्छन्। यतिमात्र नभई सास गन्हाउन सक्छ । दाँत चम्किलो बनाउने र सास गन्हाउने समस्याबाट छुटकारा पाउने केहि घरेलु विधि यस्ता रहेका छन् ।
चाहिने सामग्री
कोल्गेट (मञ्जन), बेकीङ सोडा, नुन, फिटकिरी, कागती, कफी पाउडर
बनाउने विधि
एउटा सफा कचौरामा थोरै मञ्जन (एकपटक ब्रस गर्दा प्रयोग गर्ने जत्ति), सानो चम्चाको आधा भन्दा कम बेकीङ सोडा, एक चिम्टी नुन, एक चिम्टी फिटकिरी, आधा टुक्रा कागतीको रस र थोरै कफीको पाउडर मिसाउने। त्यसपछि सो पेस्टले दाँत माझ्ने, करिब दुई मिनेटसम्म ब्रस गर्नुहोस् ।
दुई मिनेटपछी पानीले मुख पखाल्ने। यो विधिलाई १५ दिनमा दुई पटक जत्ति प्रयोग गर्नुहोस् । जसले पहेंलो दाँतलाई चम्काउन र सास फ्रेस बनाउन महत्वपूर्ण भूमिका खेल्छ।