काठमाडौं - सबै मानिसहरु फिट रहन चाहान्छन् तर सबैको शारीरिक आकार आफुले सोचेजस्तो हुदैन । हामिले देखेका छौं कति मानिसहरु मोटोपना कारण चिन्तित हुने गर्छन् । तौल क गर्न सकिने केहि उपायहरु यसप्रकार रहेका छन् ।
तौलल घटाउन आहारमा जौ, चना, र सोयाबीनको पीठोबाट बनेको रोटीहरू खान्नुहोस्। तिनीहरू फाइबरमा धेरै उच्च हुन्छन् जसका कारण वजन पनि कम गर्न मद्धत गर्छ ।
२ चम्चा सुप २ गिलास पानीमा उमाल्नुहोस्। चिसो भएपछि, यसलाई फिल्टर गर्नुहोस् र यसलाई दिनभर पिउनुहोस्। यसलाई पिउँदा तौल कम हुन्छ।
नरिवलको पानीमा इलेक्ट्रोलाइट्स हुन्छ । जुन पानी पिउनाले पेटको तापलाई हटाउँदछ, पाचन प्रणाली सुधार ल्याउँछ । त्यस्तै, नरिवलको पानी तौल घटाउन पनि प्रभावकारी मानिन्छ ।
खाना खाँदा पानी पिउनुहुन्न। खाना खाँदा पानी पिए खाना पच्न गाह्रो हुन्छ।
राती १ गिलास पानीमा आधा चम्चा त्रिफला पाउडर राख्नुहोस्। यो पानी बिहान आधा नभएसम्म उमाल्ने, त्यसपछि सेलाएर मह मिसाएर पिउनुहोस्।
भोक लागेको बेला खाजा खानुको सट्टा ताजा फलफूल, सुख्खा फल, दही, अण्डा र गाजर आदि खानुहोस्।
मेवा खाँदा शरीरमा बोसो जम्मा हुँदैन र तौल पनि चाँडै घट्छ।
भिजेको सुपको पानी पिउँदा भोक कम हुन्छ। सुपमा फाइबर हुन्छ जसले भोक कम गर्न मद्दत गर्दछ।
सुपको पानीले शरीरमा उपस्थित विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्दछ। पाचन समस्या हटाउनका साथै मेटाबोलिजम सुधार गर्दछ ।