काठमाडौं- सुदुरपश्चिममा रहेको पहिलो सुविधा सम्पन्न स्किन केएर एण्ड एस्थेटिक सेन्टर प्रा.लि.मा लेजरबाट छालाको सफल उपचार गरिएको छ ।
बिशेषज्ञ चिकित्सकद्धारा कपाल प्रत्यारोपण, लेजर प्रविधिबाट छाला, यौन तथा सौन्दर्यका सबै सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालले हालसम्म ३० जना भन्दा बढिको लेजरद्धारा छालामा भएका विभिन्न समस्याहरुको सफल उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक जीवन बहादुर सिंहले बताउनुभयो ।
लामो समय देखि काठमाडौंका विभिन्न अस्पतालहरुमा काम गरि अनुभव बटुलेका विशेषद्धारा तिलाकोथी, मुसा , मासु पलायको, डण्डीफोर, घाउचोट, पोलेका र अप्रेशन गरिएका दागहरु, अनुहारको चाउरिपना, चाँयापोतो, स्ट्रेज माक्स, सेतो दुबी (पुल्ते रोग), योनी कसिलो र शरीरमा आएका अनावश्यक रौंहरु हटाउनका लागि लेजर प्रविधिबाट उपचार सेवा दिदै आइरहेको अस्पतालका प्रबन्दक निर्देश जीवन बहादुर सिंहले बताउनुभयो ।
यस अस्पतालबाट कम्यूटर प्रबिधिद्धारा अनुहारको सम्पूर्ण चेकजाँच तथा परामर्श दिनुका साथै पुरानो भन्दा पुरानो शरिरको दाग धब्बा, चिलाउने, एलर्जी, दुवी, पसिना गन्हाउने समस्या, कपाल झर्ने, टुट्ने र शरीरका अनावश्यक रौंहरु हटाउने देखि लिएर नङ्ग सम्बन्धी सम्पूर्ण रोगको उपचार गरिन्छ ।
प्रबन्दक निर्देश सिंहले भन्नु हुन्छ 'सिओटु– फाक्सनल लेजर (CO2 Fractional Laser), विश्वमै सफल रुपमा कपाल प्रत्यारोपण गर्ने डि.एच.टि (Direet Hair Trasaplanht) प्रविधिद्धारा कपाल प्रत्यारोपण गरिनुका साथै पिआरपि प्रबिधि र सौन्दर्य रोगको उपचार गर्ने, बोट्क्स, डम्राब्रेसन, हाइडफेसिएल प्रबिधी समेत भित्र्याएका छौं ।'