काठमाडौं - हरेक व्यक्ति कुनै न कुनै रोगबाट ग्रसित भएको हुन्छन् । आफ्ना दैनिक क्रियाकलापमा केहि मात्रामा परिर्वतन ल्याउन सकियो भने हामी धेरै रोगको शिकार हुन बाट बच्न सक्छौं । यहाँ निरोगी हुने केहि विधिहरु उल्लेख गरिएको छ । यी विधि दैनिक जिवनमा अपनाए रोग लाग्ने सम्भाबना कम हुन्छ ।
- दैनिक ८ गिलास पानी पिउने
- दैनिक रूपमा साग खाने
- खानामा सलाद समावेश गर्ने
- टुसा उम्रेका अनाज खाने
- बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
- मौसम अनुसारका फलफूल खाने
- चिसो पेयपदार्थ नपिउने
- चिया कफी लगायत क्याफिन भएका खानेकुरा धेरै नपिउने
- रेसायुक्त तरकारी खाने
- नुन कम खाने, बढी गुलियो नखाने
- तारेको र डढेको नखाने
- तरकारीको बोक्रा नफाल्ने
- भुटेको भटमास, मकै, चना खाने
- रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
- खाना खानेबित्तिकै नसुत्ने
- चाँडै सुत्ने र चाँडै उठ्ने
- सूर्तिजन्य र मदिराजन्य पदार्थ सेवन नगर्ने
- बिहान कम्तिमा ३० मिनेट हिड्ने,
- व्यायाम गर्ने तनावमा काम नगर्ने
- सुख र दुःख सेयर गर्ने, बिदाको दिन परिवारसहित घुमफिर गर्ने
- प्रार्थना, पुजापाठ गर्ने
- जंकफुड, फास्टफुड सेवन नगर्ने
- बेलाबेलामा मनोरञ्जन गर्ने
- हरेक कुरामा चित्त बुझाउने
- ६ महिनाको अन्तरालमा शरीर चेकअप गराउने
- ३ महिनाको अन्तरालमा ब्लडप्रेसर जाँच्ने
- शाकाहारी खानपान गर्ने
- दिनहुँ एकपटक खुलेर हाँस्ने
- आफूलाई कमजोर नसम्झने
- सकारात्मक सोच्ने
- ध्यान गर्ने