काठमाडौं - मकै खान मिठो हुनुका साथै पर्याप्त मात्रामा पोषक तत्वले भरिपूर्ण अन्न हो । यसलाई उसिनेर, पोलेर खान सकिन्छ । त्यस्तै, यसको पिठोलाई ढिडो तथा रोटीको रुपमा प्रयोग गर्न सकिन्छ ।
मकैमा पर्याप्त मात्रामा भिटामिन ए, बी, ई लगायत आइरन, कपर, जिंक, म्याग्निज, सेलेनियम, पोटासियम लगायतका खनिज पदार्थ पाइन्छन् । यसको सेवनले आन्द्राको क्यान्सरदेखि मुटुसम्बन्धि रोगहरु लाग्नबाट जोगाउँछ । त्यस्तै, अनुहारको चाउरीपना हटाउनुका साथै मुटुलाई स्वस्थ राख्छ । त्यसैले जाडो मौसममा मकैको सेवन निकै लाभदायक मानिन्छ । मकै खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु यस प्रकार रहेका छन् ।
क्यान्सरको रोकथाम
मकैमा एन्टी अक्सिडेन्ट, वीटा क्रिप्टोजेंथिन, एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । जसले फोक्सो, स्तन तथा कलेजो क्यान्सरको जोखिमलाई कम गर्छ ।
मुटु स्वस्थ राख्छ
यसले रगतमा कोलस्ट्रोलको मात्रा कम गरेर कार्डियोभास्कुलर समस्याको जोखिमलाई कम गर्छ । यसमा ओमेगा ३ फ्याटी एसिड पनि पाइन्छ । जसले मुटुलाई स्वस्थ राख्छ । त्यसबाहेक, उच्च रक्तचापको समस्या कम गरेर हृदयाघात तथा स्ट्रोकको जोखिम समेत कम गर्छ । नियमित रुपमा यसको सेवनले शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम हुने गर्छ ।
खाना पचाउँछ
गहुँको रोटीको तुलनामा मकैको रोटी पचाउन सजिलो हुन्छ । मकैमा पाइने फाइबर (रेशा) ले पाचन प्रक्रियालाई दुरुस्त राख्नुका साथै आन्द्रालाई राम्ररी काम गर्न सहयोग गर्छ । साथै, विषालु पदार्थलाई आन्द्रामा टाँसिन दिदैन । त्यसबाहेक, यसको सेवनले एसिडिटी, कब्जियत तथा पेटसम्बन्धी समस्या पनि कम हुन्छ ।
रगत बढाउँछ
रक्तअल्पताका बिरामीका लागि मकै निकै लाभकारी मानिन्छ । किनकी यसमा जिंक, भिटामिन बी १२, आइरन तथा भिटा क्यारोटिन पाइन्छ । जसले शरीरमा रातो रक्तकोषिका बढाउन मद्दत गर्छ । साथै, यसले शरीरका रक्तकोषिकालाई पर्याप्त मात्रामा पोषकतत्व प्रदान गरी रक्तअल्पताको समस्या घटाउँछ । पोषणविद्हरुका अनुसार एक कप काँचो मकैमा १२५ क्यालोरी हुनुका साथै २७ ग्राम कार्वोहाइड्रेट, चार ग्राम प्रोटिन, नौ ग्राम चिनी, दुई ग्राम फ्याट तथा ७५ ग्राम आइरन पाइन्छ ।