काठमाडौं - हरेक महिला महिनावारी हुन्छन् । यो एक सामान्य प्राकृतिक अवस्था हो । तर हाम्रो समाजमा अझै पनि महिनावारी हुनुलाई नराम्रो रुपमा लिइन्छ । त्यसैले धेरैजसो महिला सार्वजनिक रुपमा यसबारे चर्चा गर्न हिच्किचाउँछन् ।
महिनावारीबारे महिलामा धेरै खालका भ्रम रहेका छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । त्यसैले हरेक महिलाले महिनावारीबारे वैज्ञानिक जानकारी लिन आवश्यक छ । हाम्रा समाजमा महिनावारीका बिषयमा भएका केहि भ्रम र सत्य यसप्रकार रहेका छन् ।
भ्रम
१. महिनावारी भएको बेला अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन
२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन
३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन
४. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ
५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
६. महिनावारीको समयमा आराम गर्नुपर्छ
७. महिनावारीको रगत अन्य रगत भन्दा अलग हुन्छ
८. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन
तथ्य
१. महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।
२. अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानका अनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।
३.महिनावारीको समयमा गर्भधारण हुदैन भन्ने धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।
४. महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन ।
५.महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।
६. महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।
७. महिनावारीको रगत सामान्य अरु रगत जस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।
८. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन भन्ने भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ । अझ सरसफाइका लागि नुहाउँनु आवश्यक हुन्छ । सरसफाइको कमिले संक्रमण भएर रोग लाग्न सक्छ ।